नयनतारा सहकारीको चौथो साधारणसभा

आदर्श समाज सम्वाददाता
पौष २९, २०७५
Nayantara Saving Photo_Fotor

पोखरा, २८ पुस। पोखरा–८, सभागृहचोकस्थित नयनतारा कृषि सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ।

वनभोजबीच भएको साधारणसभामा सहकारी अध्यक्ष नृपेश अधिकारीले आगामी दिनमा कर्मचारी, सञ्चालक समिति, लेखा समिति, ऋण लगानी उपसमिति र सेयर सदस्यलाई तालिम व्यवस्था गर्ने बताए । उनले कृषि कर्जा र शैक्षिक कर्जामा न्यून ब्याजदर राखी कृषि कार्यक्रम अगाडि बढाउने र पशु व्यवसायपालनको निम्ति उपयुक्त स्थानको अध्ययन गरिने बताए।

सहकारी कोषाध्यक्ष विष्णुप्रसाद पहारीले सहकारीका नीति नियमलाई आधार मानी सामूहिक जमानी कर्जा, धितो कर्जा, हायरपर्चेज कर्जा र मुद्दती रसिद धितो कर्जा लगानी गरेको जानकारी दिए।

कार्यक्रममा सेयर सदस्यतर्फबाट सोमप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए।

साधारणसभाले सहकारी कोषाध्यक्ष विष्णुप्रसाद पहारीको आर्थिक प्रतिवेदन, लेखा समिति संयोजक रति त्रिपाठी ढकालको लेखा समितिको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ।

सहकारी अध्यक्ष अधिकारीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अमृतकुमार बराल, सल्लाहकार शिव भुजेलले सहकारीका सात सिद्धान्त वाचन र सचिव सन्तोष त्रिपाठीले सञ्चालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • गण्डकीको खर्च ६६ प्रतिशत, एकै दिन २ अर्ब निकासा

    धनबहादुर गुरुङ असार ३१, २०८१
    पोखरा ।  आर्थिक वर्ष २०८०/०८१ को सोमबार अन्तिम दिन । सरकारी क्षेत्रबाट हुने आर्थिक वर्षका कामकारवाही सोमबारदेखि नै सकिन्छ ।…
  • विदेशी मुद्रा सञ्चिति बढ्यो

    आदर्श समाज सम्वाददाता असार २६, २०८१
    पोखरा । मुलुकको विदेशी मुद्रा सञ्चिति ११ महिनामा ३ अर्ब १ करोड डलरले वृद्धि भएको छ । २०८० असार मसान्तमा…
  • पाेखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक

    आदर्श समाज सम्वाददाता असार १८, २०८१
    पोखरा । पोखरामा इलेक्ट्रिक स्कुटर ‘ग्यारो डिटी–६०’ सार्वजनिक भएको छ । क्लासिक ह्वील्स एक्सपोर्ट एन्ड इम्पोर्टले मंगलबार नयाँबजारस्थित सोरुपमा एक…
  • गण्डकीको बजेट बहुमतले पारित

    आदर्श समाज सम्वाददाता असार १७, २०८१
    पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको बजेट बहुमतले पारित भएको छ । असार १ गते अर्थमन्त्री डा. टकराज गुरुङले पेस…
  • इ–ड्राइभको गण्डकीमा सेवा विस्तार

    आदर्श समाज सम्वाददाता असार १५, २०८१
    पोखरा । इ–ड्राइभ गण्डकी नेपाल र इ–ड्राइभ नेपालले सहकार्यमा राइड शेयरिङ एप ‘इ–ड्राइभ नेपाल’ सञ्चालनमा आएको छ । प्रविधिको प्रयोगमा…

hero news full width