पोखरा, २१ पुस । मुक्तिनाथ विकास बैैँकले १३ आँ वार्षिकोत्सव विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम गर्दै मनाएको छ।
जसअन्तर्गत पोखरास्थित क्षेत्रीय कार्यालयको आयोजनामा अमरसिंह शाखा कार्यालयमा रक्तदान कार्यक्रम भयो । त्यस्तै, बूढीबजार शाखा कार्यालय क्षेत्रमा ताल संरक्षण समितिलाई बास्केट वितरण र वात्सायायन वृद्धाश्रमका ज्येष्ठ नागरिकलाई खाद्यान्न तथा लत्ताकपडा वितरण गरियो ।
बैँक सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्लको अध्यक्षतामा भएको रक्तदान कार्यक्रममा १ सय २२ युनिट रगत संकलन भएको क्षेत्रीय प्रमुख बाबुराम ढकालले जानकारी दिए।
अध्यक्षको आसनबाट मल्लले रक्तदान जस्तो महादान अर्को नरहेको बताए ।
कार्यक्रम संचालन चिप्लेढुंगा शाखा प्रमुख ध्रुवप्रसाद रेग्मीले गरेका थिए ।
त्यस्तै बुढीबजार शाखाको स्थापना दिवस उपलक्ष्यमा सहजीकरणसहित खास्टे, न्युरेनी र गुँदे ताल संरक्षण समितिलाई वातावरणमैत्री फोहर संकलन गर्न बास्केट वितरण गरियो ।
कार्यक्रममा पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडेलले स्वागत मन्तव्य र शाखा प्रमुख रामचन्द्र रानाभाटले सञ्चालन गरेका थिए।
उता, वात्सायायन बृद्धाश्रममा १८ जना ज्येष्ठ नागरिकको सम्मानार्थ खाद्यान्न लत्ताकपडा र भौतिक सामग्री वितरण गरियो । बैँक संस्थापक सेयरधनी डण्डपाणि शर्मा सुवेदी र सञ्चालक समिति अध्यक्ष खिमप्रकाश मल्ल र क्षेत्रीय कार्यालयका अर्जुन सुवेदीको उपस्थितिमा वृद्धाश्रम व्यवस्थापन समिति अध्यक्ष बोधराज कार्कीलाई सो सामग्री हस्तान्तरण गरियो ।
Related News
सम्बन्धित समाचार
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
पुतलीबजारको बजेट झण्डै १ अर्ब
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९अरुणा र प्रदीप वर्ष खेलाडी
असार १८, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९