पोखरा, १८ पुस। टीयु बीबीए कप फुटबल प्रतियोगिता पोखरामा बुधबारदेखि शुरु भएको छ।
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धनप्राप्त बीबीए कक्षा संचालन भएका क्याम्पसका विद्यार्थीर्बीच हुँदैआएको सो प्रतियोगिताको आठौं संस्करण आदर्श युवा क्लबको खेल मैदान भण्डारढिकमा शुरु भएको हो। नौ दिनसम्म चल्ने सो प्रतियोगितामा देशभरबाट १७ टिमले भाग लिएको आयोजक जनप्रिय बहुमुखी क्याम्पसका उपप्रशासक एकनारायण अर्यालले जानकारी दिए। गत वर्ष के एण्ड के इन्टरनेशनल कलेज काठमाडौंले आयोजना गरेको यस किसिमको प्रतियोगितामा जनप्रियले उपाधि जितेको थियो । डिफेण्डिङ च्याम्पियन कलेजले अको वर्ष खेल आयोजना गर्नुर्ने प्रावधानअनुसार पोखरामै पहिलो पटक बीबीए कप फुटबल सम्भव भएको अर्यालले बताए।
प्रतियोगिता उद्घाटन गदै गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री नरदेवी पुनले आगामी ५ वर्षभित्र प्रदेशका सबै स्थानीय तहमा खेलकुद मैदान बनाउने बताइन् । उनले पोखरामा अन्तराष्ट्रियस्तरको सुविधासम्पन्न खेल मैदान बनाउने तयारीमा समेत प्रदेश लागिपरेको र सहयोगको आह्वानसमेत रहेको बताइन् ।
जनप्रिय क्याम्पस संचालक समिति अध्यक्ष इन्द्रबहादुर कुँवरको अध्यक्षतामा भएको उद्घाटन समारोहमा वडा २९ का वडाध्यक्ष चेतबहादुर कुँवर, जनप्रिय बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख वीरञ्जी गौतम, क्याम्पस प्रमुखहरुको तर्फबाट जनप्रकाश बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ऋषि बुढाथोकी, प्रतियोगिताका मुख्य प्रायोजक ओम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत विश्वमोहन अधिकारी, जनप्रिय स्ववियु सभापति आशीक गुरुङ, एशोसिएसन अफ बीबीए स्टुडेन्ट (एबीएस) का अध्यक्ष पारस पोखरेल, आदर्श युवा क्लबका अध्यक्ष लक्ष्मीप्रसाद भण्डारी लगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रतियोगिता विजेताले ७५ हजार र उपविजेताले ३५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउनेछन् । यस्तै, वेष्ट प्लेयर र वेष्ट टिमलाई समेत पुरस्कृत गरिनेछ ।
ओम डेभलपमेन्ट बैंकले मुख्य प्रायोजन गरेको प्रतियोगितामा जनप्रिय सहित भक्तपुर बहुमुखी क्याम्पस भक्तपुर, के एण्ड के इन्टरशेनल कलेज काठमाडौं, कान्तिपुर कलेज अफ म्यानेज्मेन्ट एण्ड इन्फरमेसन टेक्नोलोजी काठमाडौं, क्याथफोर्ड इन्टरनेशल कलेज काठमाडौं, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगर, नेपाल कमर्स क्याम्पस काठमाडौं, पीपल्स क्याम्पस काठमाडौं, पृथ्वीनारायण क्याम्पस पोखरा, प्राइम कलेज काठमाडौं, पब्लिक युथ क्याम्पस काठमाडौं, सैनिक आवासीय महाविद्यालय भक्तपुर, शंकरदेव क्याम्पस काठमाडौं, पाटन बहुमुखी क्याम्पस ललितपुर, वीरेन्द्र बहुमुखी क्याम्पस भरतपुर, महेन्द्र बहुमुखी क्याम्पस धरान, महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जले भाग लिएका छन् ।
आयोजक जनप्रिय बहुमुखी क्याम्पस क्युएए प्राप्त क्याम्पस हो।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९माइनस डिग्रीमा माछा उत्पादन
चैत्र ६, २०७९सरकारकै कारण न्यायालय नेतृत्वविहीन : बार अध्यक्ष घिमिरे
चैत्र ५, २०७९निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
चैत्र ५, २०७९