पोखरा, १६ पुस।नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले राष्ट्रिय एकता र मेलमिलाप अहिलेपनि उत्तिकै सान्दर्भिक रहेको बताए।
नेपाली काँग्रेस कास्कीले आयोजना गरेको प्रबचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई बलियो पार्न विपीको मेलमिलाप नीति अहिले झन् महत्वपूर्ण हुने बताएका हुन् ।
‘काँग्रेस कमजोर हुँदा देशको अखण्डता र राष्ट्रियता कमजोर हुन्छ,’ गच्छादारले भने, ‘अव काँग्रेस अलमलिने बेला छैन । पार्टीलाई अको कुनै विकल्प छैन । हामी एकजुट भएर राष्ट्रियताको रक्षा गर्नुपर्छ ।’
नेपाली स्वाभिमानको रक्षाका लागि विपी कोइराला ज्यानको प्रवाह नगरी मेलमिलाप नीति लिएर स्वदेश फर्किएको स्मरण गर्दै उनले यसलाई बलियो बनाउने जिम्मा अहिलेको काँग्रेसमा सरेको बताए । देशमा ठूला कम्युनिष्ट मिल्दा लोकतन्त्र खतरामा परेको उनको भनाई छ ।
‘दुई ठूला कम्युनिष्ट पार्टी मिल्दा लोकतन्त्र र संसदीय मुल्य मान्यताप्रति आक्रमण हुन्छ भन्ने चिन्ताले मैले काँग्रेसमै पार्टी मिलाएँ,’ उनले भने, ‘कम्युनिष्टको ब्यवहारले लोकतन्त्र गुम्ने खतरा छ । कम्युनिष्टको ब्यवहारलाई जनतामा पुर्याएर मुकाविला गर्ने हो । पार्टी भित्र पनि भावनात्मक, कार्यगत, कार्यक्रमगत र विचारगत एकता अव चाहिएको छ ।’
नेपाली काँग्रेका केन्द्रीय सदस्य अर्जुन जोशीले राष्ट्रिय एकता र मेलमिलापलाई केवल एक कालखण्डमा सिमित गरेर हेर्न नहुने भन्दै थप परिमार्जित र विकसित गरेर लैजानुपर्ने बताए । हिमाल, पहाड र मधेश बीचको एकताबाटै देशलाई प्रगतिको मार्गमा उन्मुख गराउनुपर्ने उनको जोड छ । कहिलेकाहीँ काँग्रेसका नेताहरुलाई सत्ताको भोक जाग्ने भन्दै उनले अहिले हतार नगर्न सुझाव दिए ।
‘संविधानमाथि बलात्कार भैरहेको छ,’ उनले भने, ‘हामीले प्रश्न उठाउँदा अरिंगाल बनेर झम्टिन प्रधानमन्त्रीले निदेर्शन गर्छन् । हाम्रा नेतालाई पनि बेलाबेलामा सत्तामा जाने हतारो हुन्छ । त्यो गल्ती अहिले नगरौं । सडकबाटै जनताको साथ लिएर गलत पद्धतिको विरोध गरौं ।’
कार्यक्रममा नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सूर्यबहादुर केसी, काँग्रेस नेता शुक्रराज शर्मा, खेमराज पौडेल, पूर्वमन्त्री यज्ञबहादुर थापा, राष्ट्रिय सभा सदस्य बृन्दा राना, प्रदेशसभा सांसद विन्दुकुमार थापा, नेपाली काँग्रेस कास्कीका सभापति कृष्ण केसी, उपसभापति आइबहादुर गुरुङ, सचिव सुदिपमोहन भट्टराईलगायतले विपीको राष्ट्रिय एकता र मेलमिलाप नीतिकै जगमा राष्ट्रियता, लोकतन्त्रलाई मजबुत बनाउन सकिने बताए ।
उनीहरुले काँग्रेसकै सिद्धान्तमा अहिलेको ब्यवस्था प्राप्त भएको भन्दै यसको रक्षाका लागि पनि काँग्रेसको विकल्प नभएको उल्लेख गरे ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा शुक्रबार माओवादी सरकारबाट बाहिरिने, के गर्छन् खगराज ?
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
मुस्ताङको तेज निरलामा अमिशाको प्यानल विजयी
निर्वाचन आयोगले राष्ट्रपति समक्ष बुझायो उपराष्ट्रपति निर्वाचन प्रतिवेदन
hero news full width
मुख्य समाचार
नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८
पालिका प्रमुख भन्छन् : तीन सरकारबीच भएन सहकार्य
चैत्र १०, २०७९सांसदले बाँड्ने गरी प्रत्येक क्षेत्रमा २ करोड
चैत्र १०, २०७९सेनाको संख्या तोक्ने स्वघोषित प्राज्ञले होइन : प्रधान सेनापति
चैत्र ९, २०७९डेढ महिनाअघि पति र जेठाजुको कुटाइले घाइते स्याङ्जाकी कमलाको मृत्यु
चैत्र ९, २०७९गण्डकीमा अब मुख्यमन्त्री को ?
चैत्र ९, २०७९