पोखरा, ११ पुस।एपीवान टेलिभिजनद्वारा सञ्चालित नेपाल आइडल २०१८ का उपविजेता विक्रम बराल पोखरामा सम्मानित भएका छन्। विक्रम बराज जिताऊ सहयोग समिति पोखराले बुधवार उनको सम्मान गरेको हो।
समितिका अध्यक्ष एवम् त्रिवेणी संगीतालयका प्रशिक्षक नवराज बरालले उनलाई सम्मानपत्र प्रदान गरेका थिए।
त्यस अवसरमा प्रशिक्षकसमेत रहेका अध्यक्ष बरालले भने– विक्रम नेपाली संगीतको क्षेत्रमा सबैको आशा र भरोसा लाग्दो गायक बनेकोमा मलाई गर्व लागेको छ।
साथै उनले विक्रमलाई विजय गराउन सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरे। गायक बरालले आफू विजेता हुन नपाए पनि उत्साह नघटेको बताउँदै आगामी दिनमा आफूलाई अरु सुधारेर साधनारत रहने बताए।
विक्रमका बुबा सन्तराम बरालले सबैको सहयोगबाट विक्रम उपविजेता बनेको बताउँदै भने– सबैप्रति आभारी छु।
पोखरा–२८ का वडाध्यक्ष निर्मल दियालीले विक्रम गण्डकी प्रदेशका शान बनेको उल्लेख गर्दै पोखराको सांगीतिक पहिचान बढेको बताए। स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले प्राविधिक कारण मात्र विक्रम पछि परेको उल्लेख गर्दै प्रतिभावान् कलाकारको विजयको लागि अन्तराष्ट्रिय रुपमै माहोल बन्नुपर्नेमा जेाड दिए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले हतारमा शिखरमा पुगेर तुरुन्त झर्नुपर्ने स्थिति भन्दा शिखरमा टिकी राख्ने प्रयास गर्न जरुरी भएको बताए।
सिडी विजय अधिकारी सहयोग समितिका अध्यक्ष पद्मराज ढकालले कला र गलाको हिसाबले विक्रम विजेता भइसकेको बताए। अभियानका संयोजक नवराज बरालको अध्यक्षतामा भएको सम्मान कार्यक्रममा सल्लाहकार तारा गौतमले स्वागत तथा महासचिव मनकुमार श्रेष्ठले सञ्चालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
भानुभक्तको जन्मस्थलमा अनुसन्धानमूलक कार्यक्रम
आदिकवि आचार्यको जन्मस्थलमा अनुसन्धानमूलक साहित्यिक कार्यक्रम
दौंतरी कवितामा तीर्थ र सरु: भक्तराज श्रेष्ठ कसरी सरुभक्त भए ?
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
प्लास्टिकजन्य फोहोर घटाउन पोखरा १२ अग्रसर
चैत्र १४, २०७९कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
चैत्र १३, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९