पोखरा, १० पुस। भूपी काव्य पुरस्कारबाट कवि तीर्थ श्रेष्ठ सम्मानित भएका छन्।
भूपी शेरचनको ८३ औँ जन्मजयन्ती अवसरमा मंगलबार उनलाई गण्डकी प्रदेश प्रमुख बाबुराम कुवँरले ताम्रपत्रसहित सम्मान गरे। यसैगरी कवि शेरचनकी श्रीमती ओमकुमारी शेरचनले नगद पुरस्कार ५० हजार रुपैयाँ प्रदान गरेकी थिइन्।
थकाली सेवा समिति, पोखराले सो पुरस्कार सञ्चालन गर्दै आएको छ। नेपाली साहित्य क्षेत्रमा कविता माध्यमबाट महत्वपूर्ण योगदान पुर्याएकोले कवि श्रेष्ठलाई सम्मान गरिएको थकाली सेवा समितिले जनाएको छ। पोखरामा बसेर साहित्य सृजनामा क्रियाशील कवि श्रेष्ठका ‘तीर्थ श्रेष्ठका कविताहरु’, ‘जिन्दगीको कुरुक्षेत्रबाट’, ‘महाभारतका गीतहरु’ मुक्तक संग्रह र ‘मेरै हिमालजस्तो’ गीतसंग्रह प्रकाशित छन्।
पोखरेली युवा सांस्कृतिक परिवार, विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समिति, संगीत प्रशिक्षण केन्द्र लगायत संस्थामा आवद्ध श्रेष्ठ नेपाल संगीत नाट्य एकेडेमीका पूर्व सदस्यसचिव पनि हुन्। भूपी शेरचन परिवारजनले स्थापना गरेको अक्षयकोषबाट प्रदान गरिने यो पुरस्कार यसअघि गीतकार रत्नशमशेर थापालाई प्रदान गरिएको थियो।
शुरुमा १० हजार रुपैयाँ रहेको पुरस्कार राशी ५० हजार रुपैयाँ पुर्याएर राष्ट्रियस्तरको बनाइएको हो। भूपी काव्य स्मृति पुरस्कारबाट कवि सरस्वती प्रतीक्षा र मोमिला सम्मानित भइसकेका छन्। १९९२ पुस १० गते जन्मिएका भूपी शेरचन नेपाली कविताको धरोहर मानिन्छन्। ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२६) उनको विशिष्ट कृति हो।
सम्मानपछि प्रदेश प्रमुख कुवँरले भूपी शेरचन नेपाली साहित्यका अमिट र जबर्जस्त हस्ती भएको बताए। उनले आज पनि भूपीका कविताहरु उत्तिकै समसामयिक बनिरहेको बताए। ‘त्यस जमानामा लेखिएका भूपीका कविताहरु अहिले पनि उत्तिकै समसामयिक छ। यी कविताहरु कालजयी छन्,’ उनले भने, ‘यस्ता मूर्धन्य ब्यक्तित्व हाम्रा देशका थिए। यसैमा हामीलाई गर्व लाग्छ।’
कार्यक्रममा साहित्यकार ईश्वरमणि अधिकारीले तीर्थ श्रेष्ठको जीवनीबारे जानकारी गराउँदै उनी निरन्तर साधनारत स्रष्टा रहेको बताए। दुर्गा बराल (वात्स्यायन) ले भूपी शेरचनसँगको सामिप्यताबारे बयान गरे। साथै, उनले कवि श्रेष्ठको सक्रियतामा पोखरामा साहित्यिक जागरण आएको बताए। कार्यक्रम संयोजक ई. रुजिन्द्र शेरचनले स्वागत मन्तव्य राख्दै कवि भूपी शेरचनको योगदानको चर्चा गरे।
भूपीलाई सरकारबाट कुनै पदवी प्रदान नगरिएकोमा दुःख व्यक्त गर्दै उनले भूपीले तत्कालीन सरकारका कमजोरीलाई औंल्याएका कारण पदवी पाउनबाट वञ्चित गरिएको बताए। कार्यक्रममा कवि कवयत्रीहरू रीता अधिकारी, प्रकाश ज्ञवाली, प्रकाश घिमिरे, सुरेश रानाभाटलगायतले कवि भूपीका कविता वाचन गरेका थिए। त्यसैगरी गायक विनोद बानियाले कवि भूपी र तीर्थ श्रेष्ठका गीत गाएका थिए। थकाली सेवा समितिका अध्यक्ष शिवशंकर गौचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन पत्रकार अमृत सुवेदीले गरेका थिए।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९