पोखरा, ८ पुस। पोखरा महानगरपालिका-८ सभागृहमा प्रधान कार्यालय रहेको श्री बिहानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडसँग थप दुर्इ सहकारी एकीकृत भएका छन्।
यसरी एकीकृत हुनेमा पोखरा-२८ माझठानामा रहेको तुलसी मेहेर बचत र माझठाना उपभोक्ता सहकारी रहेका छन्।एकीकरणपछि सहकारीको एकीकृत साधारण सभासमेत सम्पन्न भएको छ।।
प्रमुख अतिथि गण्डकी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापाले साधारणसभाको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि थापाले माघ महिनाभित्रै प्रदेश सहकारी ऐन आउने प्रतिबद्धता ब्यक्त व्यक्त गरे। उनले सहकारी संस्थाले उत्पादन, कृषि, सेवा, ब्यबसाय, बजार प्रबर्द्धनलगायतका कार्यक्रममा लगानी गरेमा सरकारले अनुदानको व्यवस्था गर्न लागेको जानकारी दिए । मन्त्री थापाले संस्थाले कास्की जिल्लामा स्थापनाको छोटो अवधिमै जिल्लामा उत्कृष्ठ संस्थाको पहिचान बनाएको र सहकारी एकीकरणको अभियानमा समेत नेतृत्वदायी भूमिका खेलेको उल्लेख गरे । आगामी दिनमा संस्थाले प्रदेश सरकारको नीति तथा कार्यक्रमको कार्यान्यन सहयोगी भूमिका खेल्नेमा अपेक्षा राख्दै सहकारी एकिकरण पश्चात सम्पूर्ण सहकारी सदस्यहरुको हितमा सहकारी अगाडी बढोस् भन्ने शुभकामना व्यक्त गरे ।
गण्डकी प्रदेश भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सहकारी माहाशाखा प्रमुख बद्रीनाथ अधिकारीले श्री बिहानी सहकारी एकिकरण अभियानमा उल्लेखनीय योगदान पुर्याएको र धेरै सदस्य आबद्ध भएको संस्था र प्रबिधि मैत्री सेवा दिने बिषयमा प्रदेशकै उत्कृष्ट सहकारी बनेको बताए ।
श्री बिहानी सहकारीका संस्थापक अध्यक्ष रामचन्द्र शर्माले सहकारी एकिकरण र सदस्यहरुको व्यवसायिकता, सम्बन्धी भनाइ राखेका थिए। कार्यक्रममा तुलसी मेहेर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्री अम्बिका बुढाथोकी, माझठाना उपभोक्ता सहकारी संस्थाका अध्यक्ष श्री दिपक तिवारी, सहकारी अध्यक्ष समाज नेपालका अध्यक्ष श्री डिल्लीराम बरालले शुभकामना मन्तव्य राखेका थिए।
श्री बिहानी सहकारीका अध्यक्ष धर्मराज भण्डारीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य उपाध्यक्ष हरिकृष्ण तिवारीले राखेका थिए भने सञ्चालन सचिव सुनबाबु अधिकारीले गरेका थिए।
प्रेम गिरीले सहकरीको सात सिद्धान्त वाचन गरेका थिए।
एकिकरण पश्चात संस्थाले यज्ञप्रसाद तिवारी उपभोक्ता सहकारीको तर्फबाट सञ्चालकमा तुलसी मेहेर सहकारीबाट सल्लाहकारमा अम्बिका बुढाथोकी मनोनित गरिएको छ।
एकीकरण पश्चात श्री बिहानी बचत तथा ऋण सहकारी संस्थाको नामबाट हेम्जा, विरौटा, तालचोक, माझठाना र केन्द्रिय कार्यालय सहित पाँच ठाउँबाट सेवा दिनेछ भने पाँच हजार सात सय शेयर सदस्य पुगको र एटिएम सुविधा दिइएको कार्यकारी अधिकृत पदमलाल अधिकारीले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
बुटवल पावर कम्पनीको प्रस्तावित मूल्यको विरोध
बुद्ध विशाल बजार व्यापारिक एसोसिएसनको रक्तदान
सुपर मादी जलविद्युत् आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
खाद्य लिमिटेडको बिक्री केन्द्र विस्तार
पोखरामा न्युरोडमा पाल्पा हाउस उद्घाटन
hero news full width
मुख्य समाचार
खर्कमा पर्यटक चहलपहल
कार्यकारी अधिकार खोज्दै समन्वय समिति
चैत्र १४, २०७९पोखरा वन क्याम्पसको स्ववियुमा अखिल गठवन्धन विजयी
चैत्र १३, २०७९म्याग्दीमा भीरबाट लडेर र ढुंगाले लागेर २ जनाको मृत्यु
चैत्र १३, २०७९तान्ला त ‘खुँडेपोखरी’ ले पर्यटक ?
चैत्र १३, २०७९फिर्के र सिमसार दोहन रोक्न ध्यानाकर्षण
चैत्र १३, २०७९