पोखरा, ४ मंसिर । ‘दि भ्वाइस अफ नेपाल’ विजेता सिडी विजय अधिकारीले पोखराकै बिक्रम बराललाई ‘नेपाल आइडल’ बनाउन भोट अपील गरेका छन् ।
जितपछि पोखरा आएका अधिकारीले आफ्ना प्रशंसकलाई धन्यवाद दिँदै पोखरामा अर्को उपाधि भित्र्याउन बिक्रमलाई भोट दिन अपील गरेका हुन् । एपी वान टेलिभिजनबाट प्रसारण हुँदैआएको गायन प्रतियोगिता नेपाल आइडलको फाइनल शुक्रबार काठमाडौंमा हुँदैछ ।
बिक्रम बराल जिताऔं अभियान समितिले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा अधिकारीले बराललाई जिताउन सहयोगार्थ ५० हजार रुपैयाँ समेत हस्तान्तरण गरे। अधिकारी कान्तिपुर टेलिभिजनबाट प्रसारित गायन प्रतिष्पर्धामा यसै हप्ता विजेता बनेका हुन् ।
‘हामी पोखरामा एउटै स्कूल कलेजमा पढेका थियौं,’ अधिकारीले भने, ‘बिक्रम बराल राम्रो प्रतिभा भएका गायक हुन् । जसरी बिक्रम बराल सहयोग समिति मेरो जितमा सम्मिलित हुनुभयो, त्यसरी नै उनलाई आइडल बनाउन म लागिपनेछु ।’
यस्तै बिक्रमलाई नेपाल आइडल बनाउन नीलिमा थापामगर सहयोग समितिबाट ५ हजार रुपैयाँ संयोजक विनित जोजिजुले हस्तान्तरण गरे। रुपाकोट सुनचाँदी दोकान महेन्द्रपुलबाट ५० हजार भोट बराबरको रकम हस्तान्तरण गरिएको छ।
त्यस्तै, भक्ति संगीत नेपालबाट ५ हजार रुपैयाँ सहयोग गरिएको छ। बिक्रमका बुबा सन्तरामले सहयोगप्रति धन्यवाद दिए । छोराले नेपाल आइडलको ताज उचालेको हेर्ने रहर छ, उनले भने।
बिक्रमलाई मोवाइलमा ०३ टाइप गरी ३१००९ मा एसएमएस गर्न सकिन्छ । रेष्पेक्ट एण्ड राइज मार्फत पनि उनलाई भोटिङ गर्ने सुविधा छ । बिक्रमलाई जिताउन भोटिङअन्तर्गत निर्णायकको ३३ प्रतिशत, रेष्पेक्ट एण्ड राईजको ३३ प्रतिशत र मोबाइल एसएमएसमार्फत ३३ प्रतिशत भोट आवश्यकता रहेको अभियान समिति महासचिव मनकुमार श्रेष्ठले बताए।
कार्यक्रममा बिक्रम बराल जिताउ अभियान समितिले गायक अधिकारीलार्ई सम्मान गरेको थियो।
समिति संयोजक नवराज बरालको अध्यक्षतामा भएको कार्यक्रममा सिडी विजय जिताऔ अभियान समिति संयोजक पदमराज ढकाल लगायतको उपस्थिति थियो।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९