पोखरा, ३ पुस । नेपाली काँग्रेसको केन्द्रीय समितिमा सहमति जुट्न नसकेको पार्टीपदाधिकारीको संख्या र निर्वाचित हुने पद्दतिबारे नेताहरु सहमतिमा पुगेका छन् ।
विभिन्न विकल्पमाथि भएको छलफलपछि सभापतिसहित २ उपसभापति, २ महामन्त्री र २ सहमहामन्त्री निर्वाचनबाट चयन हुने सहमति जुटेको हो । सो पदमा निर्वाचित हुनुपर्ने बैठकको निर्णय छ ।
यसअघि निर्वाचनबाट चयन हुने कोषाध्यक्ष पद भने सहमति अनुसार पार्टीसभापतिले मनोनयन गर्ने व्यवस्था गरिएको छ । त्यसैगरी पार्टीप्रवक्ता समेत सभापतिले मनोनयन गर्नेछन् ।
यसअघि लामो समयसम्म सहमति जुट्न नसकेकोमा अब भने सभापतिसहित पदाधिकारीको संख्या ९ जना रहने व्यवस्था कायम गरिएको छ ।
विधान संशोधन मस्यौदा समितिका प्रवक्ता रमेश लेखकका अनुसार बुधबार केन्द्रीय कार्यसमिति बैठक बसेर पारित गरेपछि बुधबार नै महासमिति विधान पेस गरिनेछ ।
यस्तै, हाल ८५ जना रहेको केन्द्रीय कार्यसमितिलाई बढाएर १ सय ६१ सदस्यीय बनाइने सहमति पनि काँग्रेस बैठकले गरेको छ ।
सभापति देउवा तथा उनी निकटहहरुले सभापति बाहेक २-२ जना उपसभापति, महामन्त्री र सहमहामन्त्री राख्ने त्यसमध्ये १-१ जना निर्वाचित हुने र १-१ जना मनोनीत हुने प्रस्ताव गरेका थिए। तर देउवा इतर नेताहरुले भने पदाधिकारी संख्या ३-३ जना हुनुपर्ने तथा ती सबै पदाधिकारी निर्वाचनबाट चयन हुनुपर्ने प्रस्ताव गरेका थिए ।
सहमति बन्नुपछाडि पार्टीका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको भूमिका महत्वपूर्ण रहेको बताइएको छ । देउवा पक्ष र देउवा इतरको अडानबीचमा सिटौलाले दुवै पक्षलाई सहमति हुने गरी सो विकल्प पेस गरेका थिए ।
सो सहमतिले सभापति देउवाले भनेजस्तो पदाधिकारीको संख्या २-२ रहने र कोषाध्यक्ष र प्रवक्ता सभापतिले मनोनीत गर्ने विषय समेटिएको छ ।
दुवै पक्षलाई जितको अनुभूति हुने गरी सिटौलाले सहजिकरण गरेको बैठकमा सहभागी एक नेताले बताए ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सहमति जुटाउने बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले पार्टीपदाधिकारी निर्वाचनबाटै चुनिनु पर्ने अडान छोडेका थिएनन् । महासमितिको भावनाअनुसार पनि पदाधिकारी मनोनीत हुन नहुने अडान अन्तिमसम्म राखेका थिए ।
बैठकमा यसअघि नै पेश भएका राजनीतिक, सांगठनिक, समग्र आर्थिक नीति र पार्टीको आन्तरिक आर्थिक प्रतिवेदनमाथिको छलफल समेत ओझेलमा परेको छ ।
काँग्रेसले संविधानको सङ्घीय व्यवस्थाअनुसार पार्टीको विधानलाई परिमार्जन गर्न महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो ।
‘गौरवमय इतिहास, जिम्मेवार वर्तमान, उज्यालो भविष्य’ नाराका साथ मंसिर २९ देखि शुरु महासमिति बैठक पुस ४ सम्म चल्ने भनिए पनि लम्बिने सम्भावना छ ।
बैठकमा संसदीय निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसर्म्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य गरी झण्डै १ हजार ७ सय प्रतिनिधि सहभागी छन् ।
Related News
सम्बन्धित समाचार
तनहुँ १ मा रास्वपाबाट डा. स्वर्णिम पक्का
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
कर्णालीमा माओवादीका मुख्यमन्त्रीलाई एमालेले पनि दियो विश्वासको मत
नवनियुक्त मन्त्रीहरुले लिए शपथ
दिउँसो ३ बजेका लागि शपथको तयारी
hero news full width
मुख्य समाचार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९रनाहामा पोखरेली पर्यटन व्यवसायी, ‘सञ्जीवनी बुटी’ को खोजीमा
चैत्र १७, २०७९