कविता प्रतियोगितामा ढकाल प्रथम 

आदर्श समाज सम्वाददाता
पौष ३, २०७५
eryeryt kabita

लेखनाथ, २ पुस ।१५ औं संस्करणको लेखनाथ महोत्सव अवसरमा आयोजित कविता प्रतियोगितामा केआर ढकाल प्रथम भएका छन्।

प्रतियोगितामा विवेचना घिमिरे द्वितीय र प्रेमनारायण ढकाल तृतीय भएका छन्।

त्यसैगरी श्रीराम अधिकारी, शान्ता बास्तोला, सुरेश अधिकारी र देशबन्धु आचार्य सान्त्वना भएको कविता प्रतियोगिता संयोजक नवराज अधिकारीले बताए।

प्रतियोगितामा निर्णायकमा रामजी लामिछाने, गण्डकी साहित्य संगम अध्यक्ष डा कृष्णराज अधिकारी र साहित्यकार तथा प्राध्यापक आनन्दमणि रिजाल थिए। लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजना तथा विभिन्न संघसंस्थाको सहयोगमा पुस ५ देखि १६ गतेसम्म महोत्सव हुन लागेको हो।

पोखरा २७, डाडाँकोनाक तालचोकमा हुने महोत्सवको लागि अन्तिम तयारीमा आयोजक जुटेको प्रचारप्रसार संजोजक गोपिचन्द्र बास्तोलाले जानकारी दिए।

महोत्सवका विभिन्न विधाअन्तर्गत कविशिरोमणि लेखनाथ पौडेलको सम्झनामा भएको खुला कविता प्रतियोगिताका विजयीले महोत्सव अवसरमा कविता वाचन गर्ने सहसंयोजक अम्बिकाप्रसाद भट्टराईले जानकारी दिए।  महोत्सवअन्तर्गत विद्यालयस्तरीय एकल नृत्य प्रतियोगिता र गण्डकी तारा गायन प्रतियोगिता हुनेछ।

Related News

सम्बन्धित समाचार

  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ९, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दशकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…
  • छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । छन्द दिवस अवसरमा शनिबार माधव वियोगी वाङ्मय प्रतिष्ठानले छन्दकविता वाचक शिव त्रिपाठीलाई छन्द बचाऊँ वाचनकला पुरस्कार प्रदान गरेको…
  • सिर्जनशीलमा दार्शनिक ज्ञानको प्रबोधीकरण

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    पोखरा । सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखरामा शनिबार कवि शिरोमणि लेखनाथ पौड्यालका काव्यमा अद्वैत वेदान्त दर्शन शीर्षकको अनुसन्धानमा केन्द्रित रही प्रबोधीकरण…
  • सबीको अपरिभाषित आभा लोकार्पित

    आदर्श समाज सम्वाददाता वैशाख ८, २०८१
    काठमाडौं । मुक्तक साधनामा २ दसकदेखि क्रियाशील सबी श्रेष्ठको कृति ‘अपरिभाषित आभा’ शनिबार काठमाडौंमा लोकार्पण गरिएको छ । आवरण प्रकाशनले…

hero news full width