पोखरा, १ पुस ।पोखरामा चौथो राष्ट्रिय बाणिज्य बैंक एनभीए राष्ट्रिय पुरुष क्लबस्तरीय लिग भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा सशस्त्र प्रहरीको एपीएफ क्लबले नयाँ बजार स्पोर्टस क्लब काठमाडौलार्ई २५-२२, २५-२१ र २५-१० को सोझो सेटमा पराजित गरेको छ ।
प्रतियोगिताको पहिलो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले विजयी शुरुवात गरेको छ । डिफेन्डिङ च्याम्पियन सेनाको त्रिभुवन आर्मीले जावलाखेल भलिबल ट्रेनिङ सेन्टरलाई सोझो सेटमा पराजित गर्यो । आर्मीले जावलाखेल २५-१९, २५-१५ र २५-११ को सेटमा पराजित गर्दै तीन अंक जोड्यो ।
त्यसैगरि, हेल्प नेपाल स्पोर्टस क्लबले ढोरपाटन स्पोर्टस क्लब काठमाडौंलाई ३- १ को सेटले पराजित गर्यो । भारतीय दुर्इ जना खेलाडीलाई प्लेइङ सेटको मैदानमा उतारेपनि समन्वयको अभावले हेल्प नेपालले २५-१८, १७-२५, २७-२५ र २५-१४ ले जित निकाल्दै तीन अंक जोड्न सफल भएको छ ।
त्यस्तै अको खेलमा नेपाल पुलिस क्लबले मणिमुकुण्द सेन भलिबल क्लब रुपन्देहीलाई सोझो सेटमै पराजित गरेको छ । पुलिसले २५-२०, २५-१२ र २५-२१ ले हराउँदै तीन अंक बटुल्न सफल भएको छ।
नेपाल भलिबल संघको आयोजनामा पोखरा रंगशालास्थित भलिबल प्रशिक्षण केन्द्रको कोर्टमा संचालन भएको प्रतियोगितालाई मुख्य प्रायोजक संस्था नेपाल राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष महेन्द्रमान गुरुङले उदघाटन गरेका थिए ।
पुष ७ गतेसम्म संचालन हुने प्रतियोगिताको विजेता क्लबले नगद २ लाख रुपैयाँसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउनेछ । उपविजेता क्लबको १ लाख रुपैयाँ नगदसहित शिल्ड, पदक तथा प्रमाणपत्र पाउने छ । तेस्रो स्थानमा रहने क्लबले नगद ५० हजार रुपैयाँ पाउने छ ।
त्यस्तै, उत्कृष्ट खेलाडीले २५ हजार रुपैयाँ ट्रफी तथा प्रमाणपत्र पाउनेछ भने बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट सेटर, बेष्ट डिफेन्स र बेष्ट सर्भरले नगद ५ हजारसहित ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्ने नेपाल भलिबल संघका सचिव डीबी नेपालीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अरुणा र प्रदीप वर्ष खेलाडी
पोखरा स्पोर्टस् अवार्ड आज
एथलेटिक्स रेफ्री तथा निर्णायक सेमिनार
पोखरा स्पोर्टस् अवार्ड तयारी पूरा
भट्टराईलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
hero news full width
मुख्य समाचार
प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९मुख्यमन्त्रीले निर्णय नलिंदा गण्डकीमा गञ्जागोल
असार १९, २०७९खानेपानीमा इ–कोली जीवाणु भेटियो
असार १८, २०७९कटुस पनि किनेर खान्छन् नेपाली
असार १७, २०७९न्यायिक ज्ञान लिन उपप्रमुखहरु पोखरामा
असार १७, २०७९