हेमजा, २४ मंसिर। बहुउद्देश्यीय सामुदायिक सिकाइ केन्द्र हेमजाका विभिन्न आयआर्जन समूहमा आवद्घ महिला कृषकलाई कृषि उपकरण हस्तान्तरण गरिएको छ।
भदौ १८ गतेदेखि २२ गतेसम्म केन्द्रद्वारा संचालित तरकारी खेती तालिमका सहभागी आयआर्जन समूहका ४३ जना सदस्यलाई युनेस्को अफिस काठमाडौंको आर्थिक सहयोगमा उपकरण हस्तान्तरण गरिएको हो। जसका लागि युनेस्को अफिसले ३ लाख ६५ हजार रुपैयाँ सहयोग गरेको थियो।
युनेस्को अफिसका शिक्षा प्रमुख बलराम तिम्सिना र पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले संयुक्त रुपमा कृषकलाई प्लास्टिक टनेल (घर), इस्पियर, हजारी, पाइप लगायत सामग्री वितरण गरेका हुन्।
कार्यक्रममा वडाध्यक्ष तिम्सिनाले उपकरणको सदुपयोग गरिनुपर्नेमा जोड दिए ।
कृषक चन्द्रकली तिम्सिनाले आफूहरुले सामग्री सदुपयोग गर्ने प्रतिबद्घता व्यक्त गरिन् ।
सोही दिन शिक्षा प्रमुख तिम्सिनाले सिकाइ केन्द्रद्वारा संचालित महिला सीप केन्द्र र सूचना तथा वाचनालय कक्षको अवलोकन गरि केही निर्देशन पनि दिएका थिए।
केन्द्र अध्यक्ष कृष्णबहादुर कुँवरको अध्यक्षतामा भएको उक्त कार्यक्रम केन्द्र सचिव गंगा त्रिपाठीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९