लेखनाथ, २३ मङ्सिर । लेखनाथ फेब्रीकेर्टस एशोसिएसनमा कुलबहादुर रानाभाट चयन भएका छन् ।
एशोसियसनको पहिलो अधिवेशनले आगामी कार्यकालका लागी रानाभाटको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा निर्मल पौडेल, सचिवमा राजेन्द्र लामिछाने, कोषाध्यक्षमा प्रेमबहादुर विक, सदस्यमा मनोज लामिछाने, सूर्यप्रकाश ढुंगाना, रामबहादुर विक, सूर्यबहादुर क्षेत्री र बेनबहादुर बि.क. छन् ।
गण्डकी प्रदेशका साँसद दीपक कोइरालाले अधिवेशनको उद्घाटन गर्दै ऐन कानून विपरीत कर उठाउनेलाई कारवाही हुने वताए । अन्तरप्रदेश व्यापारमा कर लगाउन नपाइने व्यवस्था ऐनमै उल्लेख भएको वताउँदै कोइरालाले ऐन विपरित कर उठाएको पाइएमा सम्बन्धित निकायमा उजुरी गर्न आग्रह गरे ।
साँसद कोइरालाले अहिले देशमा स्थिर सरकार रहेको र कतिपय कानून निर्माणकै क्रममा रहेकाले संविधानमा उल्लेख केही व्यवस्थाहरु कार्यन्वयनमा समस्या परेको वताए । उनले समग्र प्रदेशको विकासका लागि मोनो रेल, पर्यटनको विकासका लागि पूर्वाधार निर्माण र विभिन्न योजनाहरु ल्याइनेसमेत वताए ।
कार्यक्रममा पोखरा महानगरपालिका वडा २९ का अध्यक्ष चेतबहादुर गुरुङले व्यवसायीहरुको क्षमता अभिवृद्धिका लागि तालिमको व्यवस्था गर्न स्थानीय सरकार तयार रहेको वताए । उनले व्यवसायीहरुलाई विधि र प्रक्रिया पुर्याएर करको दायरमा आउन पनि आग्रह गरे ।
कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारी, लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराल, पोखरा स्टिल फेब्रिकेशनका अध्यक्ष यामप्रसाद पौडेललगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष कुलबहादुर रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष प्रेमबहादुर विश्वकर्माले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सदस्य राजेन्द्र लामिछानेले गरेका थिए।
Related News
सम्बन्धित समाचार
सुनचाँदी व्यवसायी संघमा बुद्धाचार्य
नेप्से परिसूचक बढ्यो
विद्यालयलाई फर्निचर सहयोग
बजेटमा नबुझी माइस पर्यटन
पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख
hero news full width
मुख्य समाचार
पोखराको सरकारी जग्गा विवाद : ठेक्का रद्ध गर्ने तयारी
असार सकिन लाग्यो, मलको पत्तो छैन
असार २३, २०७९अर्थमन्त्री शर्माले दिए राजिनामा
असार २२, २०७९कार्यकाल आखिरीमा पूर्व मेयरको जग्गाभाडा सम्झौता : पर्यटन व्यवसायीको विरोध
असार २२, २०७९‘जनताका आवश्यकतातर्फ बजेट केन्द्रित भएन’
असार २१, २०७९न्युरोडको जग्गा सम्याइँदै
असार २१, २०७९