पोखरा, १९ मंसिर। एनएस ललितकला पत्रकारिता पुरस्कारबाट पत्रकार सरिता तिमिल्सिना पंगेनी सम्मानित भएकी छन् ।
एनएस क्लब पोखराले महेन्द्रपुलस्थित पोखरा आर्ट ग्यालरीमा आयोजना गरेको राष्ट्रिय कला एप प्रतियोगिता तथा प्रदर्शनी अवसरमा बुधवार उनलाई सम्मान गरेको हो।
समारोहका प्रमुख अतिथि स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले उनलार्ई ११ हजार ५ सय ५५ रुपैयाँ नगदसहित सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्। सम्मानित पत्रकार पंगेनी पोखरा पोष्ट अनलाइनकी सम्पादक हुन् ।
यसैबीच, चित्रकला प्रतियोगितामा दश जोड दुर्इतर्फ हिलपोइन्ट बोर्डिङकी अविल गुरुङ प्रथम, पोखराका निश्चल गुरुङ द्वितीय र बाँकेका सागर क्षत्री तृतीय भए । हिलपोइन्ट बोर्डिङकी श्वेता भूर्तेल र पोखराकी नीशा पुनले शान्त्वना पुरस्कार हात पारे।
आदर्श समाज दैनिकका प्रधानसम्पादकसमेत रहेका प्रमुख अतिथि बास्तोलाले उनीहरुलाई अवार्ड तथा प्रमाणपत्र प्रदान गर्दै कलाकारको जायज माग राज्यले सम्बोधन गर्नुपर्नेमा जोड दिए । उनले कलाकारले चित्रमात्र कोर्ने नभइ कला प्रबर्द्धन र आफूहरुको जीवीकोपार्जनबारे सोच्नसमेत आग्रह गरे।
हिमाञ्चल बोर्डिङ स्कूलका सह-प्राचार्य निर्मल भण्डारीले कला र गलाको समाजमा ठूलो योगदान रहने भएकाले चित्रकला प्रतियोगितालाई निरन्तरता दिन आग्रह गरे।
सम्मानित पत्रकार पंगेनीले सम्मानबाट गौरवान्वित महसुस भएको जनाइन्।
उनले राज्यले कला प्रबर्द्धनका लागि कार्यक्रम ल्याउनुपर्नेमा समेत जोड दिइन्।
एनएस क्लब पोखराका अध्यक्ष विकास गुरुङको अध्यक्षतामा भएको कार्यक्रम सचिव विजय गुरुङले संचालन गरेका थिए।
गत शनिबारदेखि शुरु प्रदर्शनीमा कुलपति, प्राज्ञ, विज्ञ वरिष्ठ कलाकार, युवादेखि मन्टेसरीमा अध्ययनरत विद्यार्थीको गरी २ सय ८ जनाका २ सय ५० वटा कलाकृति राखिएका छन्।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
ऋषिकेशका २ कृति लोकार्पण
‘हिमालयको उत्पत्ति’ विमोचन
hero news full width
मुख्य समाचार
अडिएनन् अर्थमन्त्री : सांसदले बाँड्ने बजेट ल्याउन सहमत
तङ्ग्रिँदै मिछुर्लुङ होमस्टे
असार २०, २०७९मालपोत कर घटाउन दबाब
असार २०, २०७९ल्यान्डफिल साइट भरतपोखरीमा नसार्न दबाब
असार २०, २०७९प्रतिष्ठान स्वायत्त नहुँदा काम गर्न गाह्रो भएको छ : पद्मराज ढकाल
असार १९, २०७९ल्यान्डफिल साइट स्थानान्तरण विवाद : नगरसभाबाटै निर्णय सच्याउन माग
असार १९, २०७९