पोखरा, १४ मंसिर। ‘लगानीको सर्म्वर्द्धन : उद्योग व्यवसायको प्रबर्द्धन’ भन्ने नाराका साथ नयाँबजारमा जारी सफल एक्स्पो पोखरा साथमा तेस्रो मोवाइल मेलामा दर्शक वृद्धिसँगै कारोबार समेत बढेको छ ।
एक्स्पोमा घरायसी सामान किन्ने तथा मनोरञ्जन चाहनेहरुको चाप बढ्दै गएको आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले जानकारी दिए।
‘एक्सपोमा रहेका स्टलले घरायसी सामान विशेष छुटका साथ बिक्री गरेकाले पनि कारोबारसँगै अवलोकनकर्ता बढ्दै गएका हुन्,’ उनले भने, ‘मनोरञ्जनात्मक कार्यक्रमले पनि अवलोकनकर्तालाई आकषिर्त गरेको हो ।’
संघका महासचिव तथा प्रचारप्रसार समिति संयोजक अर्जुन पोखरेलका अनुसार अर्थतन्त्र चलायमान बनाउन एवं उत्पादक र उपभोक्तालाई एउटै थलोमा भेट गराई उद्यमशीलता सृजना गर्न मेला आयोजना गरिएको बताए ।पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवर्द्धन तथा बजारीकरणमा सघाउ पुर्याउनु मेलाको उद्देश्य छ ।
पोखरा महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग, लक्ष्मी समूहको मुख्य प्रायोजनमा भएको मेलाको नेपाल पर्यटन बोर्ड सहित आइर्एमई ग्रुप प्रबर्द्धक हो ।
एक्स्पोमा पोखरा औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुका उत्पादन, मेड इन नेपाल पेभेलियन, विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु र लत्ताकपडा, पुष्प, हस्तकलाका सामाग्री, अटो महिला उद्यमीका उत्पादन लगायत ३ सय वटा स्टल छन्।
एक्सपोका सांस्कृतिक उपसमिति संयोजक तथा संघका कार्यसमिति सदस्य केशवबहादुर खत्रीका अनुसार मंगलबार लोकदोहोहरी गायक खुमन अधिकारी, चोलेन्द्र पौडेल, तारापति पराजुली, कुमार पुन, घनश्याम भुषाल, माया गुरुङ, सीता केसी, सजना बास्तोला, अम्बर धिताल, सरला पाण्डे र सुरेश रानाको प्रस्तुति रहनेछ।
यसैगरी गायक प्रमोद पोखरेलको विशेष प्रस्तुतिसहित सुमन केसीको समूह र लोकदोहोरी प्रतिष्ठान लमजुङबीच दोहारी प्रतिष्पर्धा पनि रहेको छ । हास्य कलाकार पुरुषोत्तम भण्डारी (पुर्खे बा), घाँटु नाच तथा शिववस्ती आमा समूह, खाष्टेताल बाराही आमा समूह र काहुँ कालिका आमा समूहको रत्यौली प्रतिष्पर्धाले पनि एक्सपोका दर्शकलाई मनोरञ्जन दिनेछ ।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९