जनसेवी लघुवित्तको मुनाफा ३२ लाख

आदर्श समाज सम्वाददाता
मंसिर १३, २०७५
janasebi

पोखरा, १२ मंसिर । पर्वत कुश्मामा केन्द्रीय कार्यालय रहेको जनसेवी लघुवित्त वित्तीय संस्था लि.ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३२ लाख बराबरको मुनाफा आर्जन गरेको छ।

दश जिल्ला कार्यक्षेत्र रहेको संस्थाले हाल २१ वटा शाखा कार्यालय मार्फत लघुवित्त सेवा प्रवाह गरी रहेको छ। हाल यस वित्तीय संस्थाको अधिकृत पुँजी ३० करोड, जारी पुँजी १४ करोड रहेको छ भने चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत कमल खत्रीले बताए।

संस्थाले गरिब तथा न्यून आय भएको जनसमुदायमा समूह विस्तार गरी १२ हजार २ सय ४६ जना ग्राहक सदस्यबाट चालु आवको कात्तिक मसान्तसम्म १४ करोड ३६ लाख रुपैयाँ बचत संकलन गरेको छ भने ७ हजार ३ सय ४७ जना सदस्यलाई १ अर्ब ४४ करोड  ४३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

९५ करोड ८३ लाख १३ हजार रुपैयाँ असुली भई हाल ४८ करोड ६० लाख रुपैयाँ लगानीमा रहेको संस्थाले जनायो।

सो वित्तीय संस्थाले सर्वसाधारणका लागि ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको सेयर निस्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि निवेदन दर्ता गरिसकेको जनायो ।

संस्थाको कार्यक्षेत्र हाल पर्वत, बागलुङ, म्याग्दी, रुकुम, रोल्पा, गोरखा, तनहुँ, लमजुङ, कास्की र गुल्मी हुन् । संस्थाले कार्यक्षेत्रभित्र शाखा विस्तार गरी हालसम्म २५ वटा शाखा कार्यालय पुर्‍याइसकेको छ। निकट भविष्यमै स्याङ्जा, पाल्पा, मकवानपुर, दाङ र चितवनमा विस्तार गर्ने योजना छ ।

Related News

सम्बन्धित समाचार

  • नेप्से परिसूचक बढ्यो

    रासस असार १७, २०७९
    काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज उच्च अङ्कले बढेको छ । लगातार ओरालो लागेको नेप्से परिसूचक…
  • विद्यालयलाई फर्निचर सहयोग

    आदर्श समाज सम्वाददाता असार १६, २०७९
    पोखरा । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. इलाका कार्यालय पोखरा र ग्रामीण स्वाबलम्बन साना किसान कृषि सहकारी, अर्जुनचौपारीको…
  • बजेटमा नबुझी माइस पर्यटन

    आदर्श समाज सम्वाददाता असार १२, २०७९
    पोखरा । विगत केही वर्षदेखि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न माग उठिरहेको छ । तर यहाँ अझै पनि हजारौं पर्यटक…
  • पोखरा महानगरको बजेट ८ अर्ब ७७ करोड ७५ लाख

    विजय नेपाल असार १०, २०७९
    पोखरा, १० असार । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि झण्डै ९ अर्बको बजेट प्रस्तुत गरेको छ ।…
  • पुतलीबजारको बजेट झण्डै १ अर्ब

    आदर्श समाज सम्वाददाता असार ९, २०७९
    स्याङ्जा। पुतलीबजार नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷०८० को लागि ९० करोड ६४ लाख ८८ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।…

hero news full width