पोखरा, ११ मंसिर । पोखरामा विहीवारदेखि सञ्चालन हुन लागेको ‘सफल पोखरा एक्स्पो’ तयारी पूरा भएको छ ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर १३-२४ गतेसम्म हुने सफल पोखरा एक्स्पो तथा तेस्रो मोवाइल मेला तयारी पूरा भएको संघले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाएको हो ।
‘लगानीको सम्बर्द्धन : उद्योग व्यवसायको प्रबर्द्धन’ भन्ने मूल नारासहित संघले नयाँबजारस्थित प्रदर्शनीकेन्द्रमा एक्स्पोको आयोजना गर्न लागेको हो । यसअघि गर्दै राष्ट्रिय औद्योगिक व्यापार मेलाको नाउँमा हुँदै आएको मेलाको परिष्कृत रुप यस वर्षदेखि सफल पोखरा एक्स्पो साथमा तेस्रो मोवाइल मेला हो ।
संघ अध्यक्ष दामु अधिकारीले एक्स्पो सफल बनाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । एक्स्पोलार्ई लक्ष्मी हाउसले सहयोग गरेको छ । मोवाइल बितरक संघ पोखराले विगतमा जस्तै यस वर्षपनि एक्स्पोसँगै सहकार्य गर्दैछ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एक्स्पो तथा मोवाइल मेलाको उद्घाटन गर्ने कार्यक्रम छ । मेलाको उद्घाटनपूर्व विहीवार संघको सचिवालय गैर्हापाटनबाट प्रदर्शनीकेन्द्रसम्म विभिन्न आमा समूह, जातजाति तथा उद्योगी, व्यवसायीहरुको साँस्कृतिक झाँकीसहित प्रभातफेरी गरिने छ ।
सांस्कृतिक कार्यक्रमसहित औद्योगिक उत्पादन लगायत करिब ३ सय स्टल र बाल उद्यान एक्स्पोको मुख्य आकर्षण रहने संघका अध्यक्ष अधिकारीले जानकारी दिए । कुल स्टलमध्ये २० वटामा औद्योगिक उत्पादनका सामग्रीहरु प्रदर्शनीका लागि राखिनेछ ।
सांस्कृतिक कार्यक्रमतर्फ लोकदोहरी प्रतियोगिता, नेपालका ख्यात्रि्राप्त ब्याण्डको प्रस्तुति, विद्यालयस्तरीय लोकनृत्य, रत्यौली, पप कर्न्र्सट, हास्य कलाकारको प्रस्तुति, प्रवेश टिकटमा दैनिक पुरस्कार व्यवस्था, बम्पर पुरस्कार, उत्कृष्ट स्टललाई पुरस्कार, चमेनागृह, बाल उद्यान एक्स्पोको विशेष आकर्षण रहने जनाइएको छ ।
एक्स्पोमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उत्पादन, दैनिक उपभोग्य खाद्यवस्तु, लत्ताकपडा, पुष्प प्रदर्शनी, हस्तकला सामाग्री, अटो प्रदर्शनी, महिलाद्धारा उत्पादित सामग्री विशेष छुटमा पाइनेछ । यस्तै, विभिन्न ब्राण्डका मोवाइल फोन तथा इलेक्ट्रोनिक सामान मेलाको थप आकर्षण रहने छ । मोवाइल मेलाअन्तर्गत एक्स्पोमा १२ वटा विभिन्न ब्राण्डका मोवाइल स्टल रहनेछन् ।
करिब २ लाख दर्शकले एक्स्पोको अवलोकन गर्ने अनुमान छ । एक्स्पोबाट आम्दानी ९० लाख र ६० लाख खर्च तथा ३० लाख बचत हुने आयोजकको लक्ष्य छ ।
Related News
सम्बन्धित समाचार
शिवशिखर र इमेज सहकारीको समस्याबारे गृहमन्त्रीको ध्यानाकर्षण
प्राथमिकता एकातिर, चिर्कटोका भरमा योजना
नेपाली युवा उद्यमी मञ्च पोखरामा निरन केसी
लेकाली सेकुवा रेस्टुरेन्ट एन्ड बारको ओपनिङमा प्रकाश सपूत
लोककल्याणकारी विज्ञापन रोक्ने निर्णयप्रति स्वतन्त्र पत्रकार संघको ध्यानाकर्षण
hero news full width
मुख्य समाचार
‘मौलिक’ संघीयतामा केन्द्रको तगारो
गण्डकीको आगामी बजेट ३२ अर्ब मात्रै !
जेठ १५, २०८०रेशम चौधरीसहित ५०१ लाई आम माफी
जेठ १४, २०८०गण्डकीमा विपतका १० महिना : ११७ जनाको मृत्यु, १०९ घाइते
जेठ १४, २०८०फल इन लभ नै किन ?
जेठ १३, २०८०संघीयताबारे अहिले नै सफल असफल भनेर मूल्यांकन गर्ने बेला भएको छैन: प्रथम राष्ट्रपति डा यादव
जेठ १३, २०८०