पोखरा, ४ मङ्सिर । चीनको हाइनान प्रान्तको चाइना काउन्सिल फर इण्टरनेसलन टे्रड ( सिसिपिआइटी) र नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशबीच द्धिपक्षीय व्यापार प्रवर्द्धनको लागि एक समझदारी भएको छ ।
समझदारी पत्र एमओयुमा नेपाल उद्योग वाणिज्य महासंघ गडकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइराला र हाइनान सीसीपीआइटीका उपाध्इक्ष चेङ होङलिङले हस्ताक्षर गरेका हुन् ।
सहमति पत्रमा दुबै पक्षले एक अर्कासँग सहकार्य गर्ने, गण्डकी प्रदेश तथा हाइनान प्रान्तको निजी क्षेत्रबीच व्यवसायिक भ्रमणहरुलाई बढावा दिने, लगानी बढाउने तथा व्यापारमा सहुलियत र कर छुटको व्यवस्था मिलाउनेलगायतका बुँदाहरु समेटिएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, पोखरा उद्योग वाणिज्य संघ तथा हाइनान सीसीपीआइटीद्धारा आयोजित कार्यक्रममा बोल्दै सीसीपीआइटीका उपाध्यक्ष चेङ होङलिङले यो सहमतिपछि द्धिपक्षीय सहयोगको ढोका खुलेको बताए ।
समुन्द्रको किनारामा रहेको हाइनान प्रान्त ठूला औद्योगिक प्रदर्शनीको लागि प्रख्यात रहेको बताउँदै उनले त्यस्ता प्रदर्शनीमा भाग लिन पोखराका व्यवसायीहरुलाई आग्रह गरे । पोखराका उत्पादनहरुलाई कर छुटको व्यवस्था गरिने प्रतिवद्धतासमेत जनाए ।
कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष संजिवबहादुर कोइरालाले पोखरा र गण्डकी क्षेत्रको जलश्रोत, कृषि, भौतिक निर्माण, पर्यटनलगायतको क्षेत्रमा लगानी गर्न चिनिया पक्षलाई आग्रह गरे । नेपालमा आउने पर्यटकहरुको संख्या बढ्दै गएको तथ्य पेश गर्दै कोइरालाले पर्यटन उद्योगमा गरिने लगानीले छिटो प्रतिफल दिने पनि उनको धारणा थियो । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरामा चिनिया पर्यटकहरुको संख्या बढेजस्तै चिनिया लगानी पनि बढ्नुपर्नेमा जोड दिए । उनले पोखरा उद्योग वाणिज्य संघको पहलमा गतवर्ष चिनिया नयाँ वर्षमा साँस्कृतिक कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै द्धिपक्षीय हितका धेरै विषयमा सहकार्य गर्न पोखरा उद्योग वाणिज्य संघ तयार रहेको धारणा राखे ।
महानगर उपप्रमुख-चिनिया व्यवसायी भेट
चिनका विभिन्न शहरका प्रमुख र ब्यवसायीहरुको भ्रमण पोखरामा पछिल्लो समय बढेको छ । देशमा राजनीतिक स्थिरता र लगानीको वातावरण सृजना भएसँगै पोखराको पर्यटनमा चिनियाँहरु आकषिर्त भएका छन् ।
पोखराको पर्यटनमा लगानी गर्न उनीहरुले चासो देखाएका हुन् । पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न उनीहर्रु इच्छुक देखिएका छन् । पोखरामा पछिल्लो समय इपिन शहर, हाइनान प्रदेशका उपाध्यक्ष, हाइनान प्रान्तको हाइकाओ नगरपालिकाका उपप्रमुख झाङलीसहित त्यहाँका व्यसायीहरुले भ्रमण गरेका छन् ।
पोखरा आएका हाइकाओ शहरका ब्यवसायीको टिमले पोखराको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्ने र यहाँको प्राविधि शिक्षा, स्वास्थ्यमा सहकार्य गर्नर्र् इच्छुक रहेको बताएका छन् । भ्रमणकै क्रममा चीनको हाइनान प्रान्तको हाइकाओ नगरपालिकाको चाइना चेम्वर अफ इन्टरनेशनल कमर्सका भाइस उपाध्यक्ष चेनहोङ लिङ नेतृत्वको ११ जनाको ब्यवसायी टोलीले पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङसँग मंगलबार भेट गरेको छ । पोखरा महानगरमा चीनको ब्यवसायीहरुको टोलीलाई उपप्रमुख गुरुङले ढाकाको टोपी लगाइदिएर स्वागत गरिन् । भेटमा ब्यवसायीहरुले यहाँ पर्यटनको सम्भावना रहेकाले लगानी गर्नर्र् इच्छुक भएको बताए । पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पोखरा विश्वकै उत्कृष्ट गन्तब्यभित्र पर्ने भएकाले यहाँको पर्यटन विकासको क्षेत्रमा लागानी गर्न सकिने बताइन् । उनले हाइकाओसंग ब्यापारिक सम्वन्ध कायम गर्न तयार रहेको बताउँदै पर्यटन र कृषिको क्षेत्रमा लगानीको प्रचुर संभावना रहेको औल्याइन् ।
उनले भनिन्- ‘पोखरा पर्यटनको केन्द्र हो । लगानीका लागि वातावरण निर्माण गर्न महानगर तयार छ ।’ करिव साता अघि मात्रै पोखरा महानगर र हाइकाओसँगवीच भगिनी सम्वन्ध स्थापना भएको छ । त्यस्तै, गण्डकी प्रदेश र हाइनान प्रान्तबीच पनि भगिनी सम्वन्ध गाँसिएको छ । उपप्रमुख गुरुङले पोखरालाई पर्यटकीय हवका रुपमा विकास गर्न महागनर अगाडि बढेको बताइन् । चाइना चेम्वर अफ इन्टरनेशनल कमर्सका भाइस उपाध्यक्ष चेनहोङ लिङले भने, ‘यहाँको पर्यटन र औद्योगिक क्षेत्रमा लगानी गर्न हामी इच्छुक छौ, त्यसको लागि लगानीको वातावरण चाहन्छौ ।’
Related News
सम्बन्धित समाचार
पोखरा फाइनान्स अध्यक्षमा राजकुमार
सञ्चयले ११ प्रतिशत मुनाफा बाँड्ने, अध्यक्षमा गणेशबहादुर थापा
व्यवस्थापनको कमजोरीले सहकारी बिग्रन्छ : मन्त्री जिसी
कुँडहर सहकारीमा विश्वबन्धु
पोउवा संघद्वारा लेउवा संघको टिमलाई बधाई
hero news full width
मुख्य समाचार
सरकार र आन्दोलनरत शिक्षकबीचको पहिलो वार्ता निष्कर्षविहीन
प्रदेशका संरचना र खर्च कटौती गर्न कार्यदल
असाेज ४, २०८०संविधानका ८ वर्ष : गण्डकीमा ६० ऐन पारित, ४२ क्षेत्रगत कानुन बनाउन बाँकी
असाेज ३, २०८०उदार संविधान, अनुदार नेतृत्व
असाेज ३, २०८०एमाले गण्डकी प्रथम अधिवशेनको तयारीमा, लोगो सार्वजनिक
असाेज २, २०८०गण्डकीलाई लामाचौर कप भलिबल उपाधि
असाेज २, २०८०