पोखरा थियटरमा अर्को नाटक

आदर्श समाज सम्वाददाता
कार्तिक ३०, २०७५

पोखरा, २९ कात्तिक। पोखरा थिएटरमा शुक्रबारदेखि ‘अ प्लेस इन माई हर्ट’ नाटक मञ्चन हुँदैछ ।

अमेरिकन थिएटर आर्टिष्ट रिचार्ड क्लोरीमोन्टको निर्देशनमा मञ्चन हुने नाटकमा बबिता मल्ल ठकुरी, देव बस्नेत, धीरेन्द्र पुन, ध्रुव रोका, निश्चल विमल, रेवन राई, सूर्य सुवेदी, योजना पहारीको अभिनय रहनेछ। दश हप्ता लामो रिर्हर्सलपश्चात नाटक तयार भएको थिएटर अध्यक्ष परिवर्तन कार्कीले पत्रकार सम्मेलनमा जानकारी दिए ।

उनका अनुसार नाटक मंसिर ८ गतेसम्म नियमित मञ्चन हुनेछ। एक घण्टा अवधिको नाटकले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन प्रदान गर्ने आयोजकको अपेक्षा छ।

विद्यार्थी तथा पर्यटलाई लक्षित गरी यो नाटक मञ्चन गराइने थिएटर अध्यक्ष कार्कीले जनाए। नाटकमा संवाद कम, बडी एक्सप्रेस बढी हुनेछ।

निर्देशक रिचार्डले कथा समेत आफै लेखेका हुन्। नाटक मार्फत पोखरा ्रतिको माया प्रस्तुत गर्न खोजेको उनले बताए। माइम फर्मेटको यो नाटकले दर्शकलाई नयाँ स्वाद सँगै मनोरञ्जन प्रदान गर्ने उनको विश्वास छ।

कलाकार धीरेन्द्र पुन निकै उत्साहित रहेको बताउँछन् । उनले फरक संस्कृतिका कारण शुरुवातमा समस्या भए पनि पछि सहजता मिलेको अनुभव सुनाए ।

नाटकघरमा हालसम्म २० वटा नाटक मञ्चन भइसकेका छन् । नाटक हरेक साँझ ५ बजे नियमित शो र शनिबार दिउँसो १ बजे अतिरिक्त शो हुने थिएटर सञ्चालक दिलप्रसाद गुरुङले जनाए।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width