काठमाडौँ, २० कात्तिक। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको मंगलबारको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ।
पार्टीकेन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मंसिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मंसिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो। बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टीप्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टीएकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ।
बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिए।
Related News
सम्बन्धित समाचार
गोविन्दराज जोशी र विकास कोइरालाको कारवाही फुकुवा
बारा २ मा कांग्रेसले उपेन्द्रलाई सघाउने
उपनिर्वाचनका लागि सोमबार उम्मेदवारी दर्ता
तनहुँ १ मा रास्वपाबाट डा. स्वर्णिम पक्का
कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
hero news full width
मुख्य समाचार
दलितले भान्सा छोएपछि खाना फालियो, आरोपित २ पक्राउ, वडाध्यक्षसहित २ जना फरार
स्वर्णिमको बहिर्गमनले कांग्रेसमा निम्तिने क्षयीकरण
चैत्र १८, २०७९सरकार फेरिएको फेरियै, द्वन्द्वपीडितको घाउ उस्तै ?
चैत्र १८, २०७९पोखरा सम्पन्न एसिया ट्राइयाथलन कप बब र मार्गरेटालाई
चैत्र १८, २०७९मिटरब्याजीलाई ‘फिल्ड’मै कारबाही गर्नसक्ने आयोग बनाउँछु : प्रधानमन्त्री दाहाल
चैत्र १८, २०७९मिटरब्याज पीडतले प्रधानमन्त्रीसँग भने : न्याय नपाएसम्म घर फर्कन्नाैं
चैत्र १८, २०७९