सर्वेश्वर दीपावली साँझ तयारी

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७५
Sarbeshwar Marga_Fotor

पोखरा, १७ कात्तिक। पोखरा महानगरपालिका-४ स्थित सर्वेश्वर व्यवसायी समितिको आयोजनामा सर्वेश्वर दीपावली साँझ हुने भएको छ।

तिहार पर्व अवसरमा कात्तिक २० गते दिपावली साँझ आयोजना गर्न लागिएको पोखरामा शनिबार आयोजित पत्रकार सम्मेलनमा समितिले जानकारी गराएको छ।

नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै व्यावसायिक हकहितको लागि यस वर्ष पनि उक्त साँझ आयोजना गर्न लागिएको कार्यक्रम संयोजक एकनारायण पनेरुले बताए।

उनका अनुसार एकदिने सो कार्यक्रममा लक्ष्य ब्याण्ड, तरेली सांगीतिक समूहसहितका रञ्जन गायक, मुस्कान रानाभाट, मिलन लामालगायत कलाकारहरुको प्रस्तुति रहने संयोजक पनेरुले जनाए।

पर्यटन प्रबर्द्धनमा विकास गर्ने उद्देश्यले बजार व्यवस्थापन र ब्यापार प्रबर्द्धनको लागिसमेत उक्त साँझको आयोजना गरिएको समितिका अध्यक्ष सन्तोष पौडेलले बताए। कार्यक्रममा नेपाली मौलिक कला, संस्कृति झल्कने गीत तथा संगीतलाई प्राथमिकता दिइनेछ। सर्वेश्वर मार्ग टोल सुधार समितिका देवकृष्ण पराजुलीले देशमा आर्थिक तरलता भएको अबस्थामा यस्ता कार्यक्रमले केही सहजता ल्याउने विश्वास व्यक्त गरे। समितिमा २ सय व्यवसायीहरु आवद्ध छन्।

Related News

सम्बन्धित समाचार

  • र्‍ यान्डममा उपन्यास ‘अन्तर’ चर्चा

    आदर्श समाज सम्वाददाता भाद्र ३१, २०८०
    …. पोखरा । र्‍ यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृंखलामा शनिबार रमेश सायनको उपन्यास ‘अन्तर’ को चर्चा गरिएको छ ।…
  • अमृतको ‘यादको कोलाज’ गृहलोकार्पण

    आदर्श समाज सम्वाददाता भाद्र २३, २०८०
    पोखरा । लेखक अमृत क्षत्रीको दोस्रो कृति ‘यादको कोलाज’ पोखरामा गृहलोकार्पण भएको छ । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका…
  • कास्कीका रोहित र पर्वतका विजयको फोटो उत्कृष्ट

    आदर्श समाज सम्वाददाता भाद्र २२, २०८०
    पोखरा । कास्कीका रोहित गिरी र पर्वतका विजय शर्माको फोटोले उत्कृष्ट पुरस्कार प्राप्त गरेको छ । फोटोग्राफर संघ गण्डकीकोे पाँचौ…
  • ‘देवीरमण शालीन, भद्र शिक्षासेवी’

    आदर्श समाज सम्वाददाता भाद्र २१, २०८०
    पोखरा । देवीरमण शर्मा ‘शास्त्री’ लाई शालीन, भद्र शिक्षासेवीरुपमा स्मरण गरिएको छ । बिहीबार उनको १०८ औं जन्मजयन्ती अवसरमा आयोजित…
  • मोती जयन्तीमा गजल प्रशिक्षण

    आदर्श समाज सम्वाददाता भाद्र १६, २०८०
    पोखरा । हेमजा साहित्य प्रतिष्ठान नेपालले १५८ औं मोती जयन्ती पूर्व सन्ध्यामा मोतीराम भट्टको व्यक्तित्व र कृतित्वबारे चर्चासहित गजल प्रशिक्षण…

hero news full width