भवन बनाउन सांगीतिक कार्यक्रम

आदर्श समाज सम्वाददाता
कार्तिक १६, २०७५

पोखरा, १५ कात्तिक। नेपाली काँग्रेस वडा इकाइ समिति, माछापुच्छ्रे गाउँपालिका-२, सार्दीखोलाले वीपी स्मृति भवन निर्माण गर्ने भएको छ।

नब्बे लाख रुपैयाँ लागतमा निर्माण हुन लागेको भवनको ७० प्रतिशत काम पूरा भैसकेको निर्माण समितिले जनाएको छ।

भवन निर्माणका लागि बजेट अभाव भएपछि समितिले शनिवार कर्णास सांगीतिक साँझ कार्यक्रम आयोजना गरेको भुर्जुङखोलामा पत्रकार सम्मेलन गरी जानकारी दिइयो।

कुल लागतमध्ये ३० लाख रुपैयाँको जग्गा स्थानीय समाजसेवी तथा सार्दीखोला गाविसका पूर्व अध्यक्ष आशबहादुर गुरुङले दान गरेका छन्। केही निर्माण सामग्री पनि सहयोग पाएकोले अब करिब १२ लाख रुपैयाँ खर्च अपुग भएको इकाइ सभापति गुञ्जमान गुरुले जानकारी दिए। ‘भवन निर्माणको काम अन्तिम चरणमा छ। केही बजेट नपुगेपछि सहयोग उठाउनकै लागि सांगीतिक कार्यक्रम गर्न लागेका हौं,’ उनले भने, ‘कार्यक्रमपछि उठेको रकमले भवनको निर्माण कार्य पूरा हुन्छ। केही महिनाभित्रै काम सकेर उद्घाटन गर्नेछौं।’

उनका अनुसार सांगीतिक कार्यक्रम भुर्जुङखोलास्थित गण्डकी रेन्वो ट्राउट फार्ममा हुनेछ। कार्यक्रममा निःशुल्क प्रवेश हुने र कार्यक्रममै उपस्थित भएकाहरुबाट स्वेच्छिक रुपमा रकम संकलन गरिने गुरुङले बताए। ‘हामीले निमन्त्रणा कार्ड पठाएका छौं। टिकट सिस्टम छैन,’ उनले भने, ‘कार्यक्रममा आएपछि स्वःस्फूत रुपमा सहयोग गर्नुहुन्छ। त्यही सहयोग रकमबाट भवनको बाँकी काम सक्ने हो।’

जतिसक्दो कम खर्चमा कार्यक्रम सकेर रकम धेरै बचाउने उनको भनाइ छ। भवनमा हाल इन्टरनेटको सुविधासहित पुस्तकालय, सेमिनार हल र कार्यालय रहने छ। भविष्यमा संग्रहालयको रुपमा स्थापित गर्ने लक्ष्य सहित काम अघि बढेको सभापति गुरुङले जानकारी दिए।

Related News

सम्बन्धित समाचार

  • लोकराजको ‘छाइल’ माथि विमर्श

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । लोकराज भट्टको उपन्यास ‘छाइल’ पोखरेली पाठकले पनि रुचाएका छन् । डोट्याली सभ्यताको प्रतिविम्व बनेको उपन्यासले लयात्मक भाषामा सुदूरपश्चिमको…
  • राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम

    आदर्श समाज सम्वाददाता श्रावण १५, २०७९
    पोखरा । राष्ट्रिय कविता प्रतियोगितामा स्याङ्जाका अस्मित भुषाल प्रथम भएका छन् । ‘लगइन बुक्स’ ले आयोजनामा भएको प्रतियोगितामा उनको छन्द…
  • ‘काव्यरसमा पोखरा’ लोकार्पण

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०७९
    पोखरा । पोखरालाई विषय बनाएर लेखिएका कविता अब एकै ठाउँमा पढ्न पाइने भएको छ । उच्च अदालत पोखराका कामु मुख्य…
  • गण्डकी प्रज्ञा उत्सव सुरु

    आदर्श समाज सम्वाददाता असार ९, २०७९
    पोखरा । गण्डकी प्रज्ञा प्रतिष्ठानको वार्षिकोत्सव अवसरमा पोखरामा बिहीबारदेखि ‘गण्डकी प्रज्ञा उत्सव’ सुरु भएको छ । ३ दिनसम्म चल्ने सो उत्सवको…
  • भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान

    आदर्श समाज सम्वाददाता असार ७, २०७९
    पोखरा । नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा लोपोन्मुख नेपाली मौलिक परम्परागत गीतको गायनशैली र बाजाबारे पोखरामा अन्तक्र्रिया एवं…

hero news full width