पोखरा, २८ असोज।गायक कुमार शर्माको नयाँ गीत ‘कान्छी र्यार्ँइ र्यार्ँइ’ को म्युजिक भिडियोसहित सार्वजनिक भएको छ। भिडियो साझेदार साइट युट्युब तथा विभिन्न टेलिभिजनमार्फत गीत सार्वजनिक भएको हो। गीतमा गायक कुमार शर्माको शब्द संगीत र स्वर रहेको छ भने गीतको एरेन्ज देबेन्द्र नेवाले गरेका छन्।
विगत एक दशक अघिदेखी गीत संगीतमा लागेका गायक शर्माले यसभन्दा अगाडि ‘कथा जिन्दगी’ नामको अडियो भिडियो एल्बम निकालेका थिए। यसअघि, बजारमा सोलो गित लिएर आएका कुमार भने अहिले नाचौं, नाचौं लाग्ने गीतमा चल्तीकी नायिका सिल्पा पोखरेललाई लिएर भिडियोमा कुमार आफैले अभिनय गरेका छन्।
पोखराको पन्थी गल्लीमा कपडाको होलसेेल ब्यबसाय गरेर बसेका कुमारको गीत संगीतप्रतिको माया र लगाव कहिलै नटुंगिने र गायनमा निरन्तरता रही रहने गायक कुमारले बताए। यसअघिका गीतले खासै बजार नपिटेपनि यतिबेला यो डान्सिङ गित भएको कारण दर्शकको माया पाउनेमा कुमार विश्वस्थ छन्।
उक्त गीतको निर्देशन अर्जुन अधिकारीले गरेका छन् भने सरोज अधिकारीको छायांकन रहेको भिडियोलाई पदम तिमिल्सिनाले सम्पादन गरेका छन। अडियो भिडियो हाइलाइट नेपालको युट्युब च्यानलमार्फत सार्बजनिक गरिएको छ।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९