कानूनविपरीत कर : केसी

आदर्श समाज सम्वाददाता
असाेज २८, २०७५
surya_Fotor

पोखरा, २७ असोज । नेपाली काँग्रेस आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीले संघीय संरचना कमजोर हुँदा सरकार आलोचित हुँदै गएको बताएका छन्।

नेपाली काँग्रेस पर्वत-पोखरा सम्पर्क समितिद्वारा शनिवार पोखरामा आयोजित विजयादशमी तथा शुभदीपावली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सो कुरा बताएका हुन्।

केसीले संघीय संरचना धान्नकै लागि देशैभरी कर वृद्धि र स्थानीय तहमा कानून विपरीत कर उठाउने गरेको बताए।

नेता केसीले दशैँ मुखमा सरकारले महँगी बढाएको आरोप लगाउँदै नियन्त्रणका लागि उचित अनुगमन आवश्यक रहेको बताए।

उनले भने, ‘हामी हिन्दूहरुले महिलालाई मातृशक्तिको रुपमा लिँदै आएको बेला महिलामाथि हुने गरेका हिंसा र बलात्कारका घटनाले नेपाली समाज कता जाँदैछ र सरकारले के गर्दैछ भन्ने चिन्ताजनक विषय हो।’

समिति अध्यक्ष बलभद्र शर्माको अध्यक्षतामा भएको कार्यक्रमा काँग्रेस पर्वतका नेता नवराज गुरुङले काँग्रेस एक भएर गएमा अन्य शक्तिले छुन नसक्ने बताए। अर्का नेता राम शर्मा पौडेलले काँग्रेस आफ्नै कारण चुनावमा हार्नु परेको दाबी गरे। कार्यक्रममा सहभागीले आपसमा शुभकामना आदानप्रदान गरेका थिए ।

Related News

सम्बन्धित समाचार

  • निर्वाचनका लागि ४० दल दर्ता

    आदर्श समाज सम्वाददाता श्रावण २९, २०७९
    पोखरा । आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि हालसम्म ४० राजनीतिक दलले दल दर्ता गराएका…
  • गोरखा गठबन्धनमा गन्जागोल

    आदर्श समाज सम्वाददाता श्रावण २८, २०७९
    पोखरा । २०७४ को संसदीय निर्वाचनमा गठबन्धनकै कारण गोरखाका दुवै क्षेत्रमा कांग्रेसले उम्मेदवारी दिन पाएन । कमजोर क्षेत्र १ मा…
  • एमालेको विरोध प्रदर्शन

    आदर्श समाज सम्वाददाता श्रावण २७, २०७९
    पोखरा । महँगी, भ्रष्टाचार र राष्ट्रघातको विरुद्ध नेकपा (एमाले) गलकोटले विरोध प्रदर्शन गरेको छ । एमाले संयुक्त जनसंगठन समन्वय समिति…
  • चुनाव घोषणापछि एमाले सक्रिय : वर्षदिन अघि सरकार बन्यो, अहिले पो विरोध ?

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । संसदमा सुस्ताएको नेकपा एमाले बल्ल ब्युँझिएको छ । तत्कालीन पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकार ढलेपछि बनेको सरकार गठनबारे आलोचना…
  • ‘केपी ओली सत्तामा आउने बाटो सकियो’

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली अब सत्तामा आउने बाटो सकिएको बताएका…

hero news full width