पोखरा, २५ असोज । दुर्इ पर्यटकीय सहर पोखरा- तानसेन पहिलो पटक पर्यटक बस सञ्जालबाट जोडिएका छन् । पाल्पाली समाजको पहल र तानसेन नगरपालिकाको समन्वयमा संजोग ट्राभल्स प्रालिले विहीवारदेखि पोखरा-पाल्पा-पोखरा बस सुविधा दिएको हो ।
प्रमुख अतिथि पर्यटन बोर्डका वरिष्ठ अधिकृत सूर्य थपलियाले सो सेवाबाट दुर्इ सहरबीच पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे । उनले बोर्डले पर्यटकीय क्षेत्रको प्रचारका लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।संजोग ट्राभल्स अध्यक्ष सनतकुमार श्रेष्ठले पहिलो पटक लामाचौर-काठमाडौं पर्यटक बस शुरु गरेको स्मरण गर्दै पोखरा-पाल्पा सञ्जालले पनि दुवै सहरको पर्यटन प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । करिब २५ वर्षदेखि यातायात क्षेत्रमा आबद्ध श्रेष्ठले पोखरा-पाल्पा-पोखरा बससेवा निरन्तर चलाउने प्रतिद्धता जनाए ।
कार्यक्रममा पोखरा पर्यटन परिषद् अध्यक्ष चिरञ्जीवी पोखरेल, नाट्टा पोखरा अध्यक्ष सन्तोष पोखरेल, पाल्पाली समाज पोखरा अध्यक्ष कुलप्रसाद घिमिरे, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार चिरञ्जीवी श्रेष्ठले पर्यटक बस सुविधाले पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गरे ।
कार्यक्रम संचालन संचारकर्मी सञ्जयकुमार मल्लले गरेका थिए । बसको पहिलो टिकट काट्ने यात्रु अम्बिका न्यौपानेलाई माला लगाई सम्मान गरियो । पोखरा-तानसेन दुरी करिब १ सय २० किमीमात्र छ ।यसैबीच, तानसेनदेखि पोखरा छुट्ने बसको शुभारम्भ प्रदेश ५ का सांसद पूरनकुमार बज्राचार्यले गरेका छन् । तानसेनमा आयोजित कार्यक्रममा नगरपालिका मेयर अशोककुमार शाही, प्रमुख जिल्ला अधिकारी मनोहरप्रसाद खनालले सेवाको सफलताको कामना गरे । बस दैनिक पोखरा पर्यटन बसपार्कदेखि र तानसेन टुँडिखेलदेखि एकै समय ठिक ८ बजे छुट्नेछ।
Related News
सम्बन्धित समाचार
यस्ताे छ गण्डकी प्रदेशकाे आगामी आवकाे बजेटकाे सिद्धान्त र प्राथमिकता
मूल्यवृद्धिविरुद्ध राप्रपाले बुझायाे ज्ञापनपत्र
लेखनाथ उद्योग वाणिज्य संघको रजत स्तम्भ शिलान्यास
युवा उद्यमी मञ्च पोखरा अध्यक्षमा सुयस मल्ल
ढल्केबरको तरबुजा बेंसीसहरमा
hero news full width
मुख्य समाचार
पूर्वपदाधिकारीलाई सुविधा दिन लागिएपछि पाँचदलीय गठबन्धनबाटै विरोध
गण्डकीको बजेट सिद्धान्त ‘मनचिन्ते झोलीजस्तो’
जेठ १४, २०७९पोखरालाई पर्यटकीय राजधानी घोषणामा जोड
जेठ १३, २०७९पूर्वडीआईजी रञ्जन कोइरालाको कैद घटाउने आफ्नै आदेश सर्वोच्चले उल्ट्यायो
जेठ १२, २०७९काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
जेठ १२, २०७९धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९