हेमजा, २४ असोज । माछापुच्छे्र त्रिशक्ति युनाइटेड क्लब, लाहाचोकको आयोजनामा बुधवारदेखि माछापुच्छे्र त्रिशक्ति युनाइटेड कप फुटबल प्रतियोगिता-२०७५ शुरु भएको छ ।
प्रतियोगिता उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेल क्षेत्रमा क्लबले देखाएको सक्रियताको प्रशंसा गर्दै राष्ट्रिय खेलकुद परिषद्बाट प्रतियोगितालाई एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे ।
मन्त्री विश्वकर्माले लाहाचोक खेलमैदानको स्तरोन्नतिका लागि बजेटको प्रबन्ध मिलाउने प्रतिबद्घता पनि जनाए ।उनले माछापुच्छे्र गाउँपालिकाको भिडावारी क्षेत्रमा प्रदेशस्तरीय एन्फा एकेडेमी बनाउने योजनाका साथ सरकारले गृहकार्य गरिरहेको स्पष्ट पार्दै चुनाव समयमा आफूले गरेका बाचा पूरा गरेरै छाड्ने दृढता व्यक्त गरे ।
सो कार्यक्रममा एन्फाका केन्द्रीय उपाध्यक्ष कृष्ण थापा, एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङ, एन्फा कास्कीका निवर्तमान अध्यक्ष धर्मबहादुर लामिछाने लगायतले खेल क्षेत्रको महत्वबारे बोलेका थिए ।
त्यस्तै, लाहाचोकका वडाध्यक्ष पूर्णबहादुर शाहीले लाहाचोक खेलमैदानको स्तरोन्नतिमा जोड दिँदै खेल खेलाएसँगै स्थानीयस्तरबाट खेलाडी उत्पादनलाई पनि उचित ध्यान दिन आग्रह गरे । स्थापनाको छोटो समयमै क्लबले रचनात्मक कार्य गर्दै गएको भन्दै उनले क्लबको कार्यशैलीको प्रशंसा गरे । प्रतियोगिताअन्तर्गत जिएसपिएएम गोर्खा र आयोजक नीलोबीच भएको उद्घाटन खेलमा १-० गोलअन्तरले जिएसपिएएम गोर्खा विजयी भएको छ । उसको जितमा खेलको २८ औं मिनेटमा अस्मी रानाले निर्णायक गोल गरेका थिए ।
विहीवार विष्णुपादुका क्लब र बाग्लुङ क्लबबीच दिउँसो १ बजे पहिलो खेल तथा लालीगुराँस क्लब तथा सनराइज क्लबबीच दिउँसो ३ बजे दोस्रो खेल हुनेछ । प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न जिल्लाका १२ समूह प्रतिष्पर्धामा छन् ।
क्लब अध्यक्ष नीरज शाहीको अध्यक्षतामा संचालित उक्त प्रतियोगितामा वडाध्यक्ष पूर्णबहादुर शाहीले स्वागत तथा कार्यक्रम सचिव राजेन्द्र गौतमले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
पोखरामा मिडिया फुटसल प्रतियोगिता हुने
गण्डकीमा खेलाडी छनोट र बन्द प्रशिक्षण कार्यतालिका सार्वजनिक
पोखरामा राष्ट्रिय स्नुकर प्रतियोगिता
क्रिकेटमा सेन्ट्रल क्रिकेट एकेडेमीको जीत
‘स्वस्थ नागरिकका लागि खेलमैदान’
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९