पोखरा, २४ असोज । पोखरामा केन्द्रीय कार्यालय रहेको गण्डकी विकास बैंकले सिराहाको लाहनमा शाखा विस्तार गरेको छ । सो शाखा उद्घाटन गर्दै लाहन नगरपालिकाका प्रमुख मुनी शाह सुडीले बैंकलाई लाहनमा स्वागत गर्न पाउँदा खुशी लागेको बताए । उनले सेवाग्राहीले सरल र सहज रुपमा वित्तीय सेवा प्राप्त गर्न सक्ने विश्वास व्यक्त गरे ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रेशमबहादुर थापाले बैंकको गतिविधि सहित भावी कार्यक्रमबारे जानकारी गराए ।
बैंक अध्यक्ष सुशील गौचनले आगामी दिनमा बैंकका शाखालाई गाउँ गाउँमा पुर्याउँदै वित्तीय पहुँच पुर्याउने जानकारी गराए ।
कार्यक्रममा उद्योग वाणिज्य संघ सिराहा अध्यक्ष अशोक अमात्य, जेएस मुरारका क्याम्पसका क्याम्पस प्रमुख तुलसीराम पोख्रेल, बैंकका शाखा प्रमुख चन्द्रदीप पहाडीले बोलेका थिए ।
बैंकले केन्द्रिय कार्यालय सहित देशका विभिन्न ठाउँहरुमा गरी ७७ वटा शाखा कार्यालय मार्फत आकर्षक व्याजदरमा विभिन्न निक्षेप योजना, सहज र सरल रुपमा कर्जा योजनाको साथमा एबीबीएस, एटिएम, सि-आस्वा, आईपिएस, मोवाइल बैकिङ सेवा, लकर सेवा, सुनधितोमा कर्जा सुविधा, रेमिट्यान्स सेवा, केन्द्रीयकार्यालय लगायत केही शाखाबाट ३६५ दिने बैकिङ सेवा तथा सन्ध्याकालिन सेवा दिँदैआएको प्रमुख कार्यकारी अधिकृत थापाले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९