पोखरा, २३ असोज । युवा साहित्यकार कवि कृष्ण थापामगर ‘मीगीनको दोस्रो साहित्यिक कृति मगर तथा नेपाली भाषाको द्वैभाषिक कविता संग्रह ‘पाट्याहल चप्पलको (बिजोर चप्पलहरू) विमोचन गरिएको छ।
मगर भाषा प्रतिष्ठान, कास्की शाखाद्वारा मंगलबार आयोजित कार्यक्रममा अग्रज साहित्यकार मगर भाषा प्रतिष्ठानका अध्यक्ष लोकबहादुर थापामगरले विमोचन गरे।
सो अवसरमा उनले यथार्थवादी साहित्यले समाजको परिवर्तन गर्न सहयोग गर्ने उल्लेख गरे। मगर भाषामा लेखिएका साहित्य अधिकांश प्रगतिशील भएको बताउँदै उनले प्रगतिवादी साहित्यमा जोड दिनुपर्ने आवश्यकता औल्याए।
नेपाल मगर संघ, कास्कीका अध्यक्ष पूर्णबहादुर रानामगरले मगर जातिको मुख्य पहिचान भनेकै भाषा भएको तर्क गर्दै मगर भाषामा साहित्यिक कृति लेखिनु खुशीको कुरा भएको बताए। मगर भाषामा लेखिएका पुस्तक प्रकाशनका लागि मगर संघले सहयोग गर्ने बताउँदै उनल मगर साहित्यकार, स्रष्टालाई प्रोत्साहन गर्नुपर्ने आवश्यकता औल्याए।
कार्यक्रममा नेपाल मगर महिला संघकी केन्द्रीय सदस्य फूलकुमारी थापामगर, मगर चलचित्रकर्मी संघ, नेपालका केन्द्रीय उपाध्यक्ष मेजन पुनमगर, राष्ट्रिय मौलिक कौरा संरक्षण समिति, नेपालका केन्द्रीय अध्यक्ष हर्क आलेमगर, नेपाल मगर महिला संघ, कास्कीकी अध्यक्ष नुनु रानामगर, गुरुङ साहित्यिक मञ्च, नेपालकी अध्यक्ष गौरी गुरुङ, नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका अध्यक्ष धीरेन्द्र थापामगर ‘किसानी’, सहसचिव दीपक सिंजालीमगर, साहित्यकार इन्दिरा थापामगर लगायतले कवि मीगीनको नयाँ साहित्यिक कृति मगर भाषा र नेपाली भाषाका लागि महत्त्वपूर्ण योगदान हुने उल्लेख गरे। कृतिका लेखक एवं कवि मीगीनले आफूले दोस्रो साहित्यिक कृतिमार्फत् समाजका विभिन्न पक्षलाई उजागर गर्ने प्रयास गरेको बताए।
प्रतिष्ठान जिल्ला अध्यक्ष वेदान्त कविरत्न रूद्रबहादुर हितानमगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव रूद्रबहादुर श्रीसमगर र नेपाल मगर लेखक संघ, कास्कीका अध्यक्ष पूर्ण ठाडामगरले स्वागत गरेका थिए ।
कवि मीगीनको यसअघि, मगर भाषाको मुक्तक संग्रह ‘मीगीन’ (मुटु) प्रकाशित भइसकेको छ। नेपाल मगर लेखक संघ, गण्डकी प्रदेश समितिका सचिव रहेका मीगीन मगर भाषा प्रतिष्ठान, कास्की शाखाको कार्यसमिति सदस्य छन् ।
Related News
सम्बन्धित समाचार
सुरजले ल्याए ‘साइकल’
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
hero news full width
मुख्य समाचार
काे हुन् पाेखराका मेयर धनराज आचार्य ?
धनराज पोखराको १६ औं मेयर
जेठ १२, २०७९करोडौं मूल्यको अतिक्रमित जग्गा फिर्ता ल्यायौं –योगेन्द्रमान श्रेष्ठ
जेठ १२, २०७९प्रदेश सभामा मुख्यमन्त्री पाेखरेलकाे संवाेधन : संघीयता सुदृढीकरण, अधिकार र स्रोत प्राप्तिका लागि संघ सरकारसँग संघर्ष जारी छ
जेठ ११, २०७९‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
जेठ ११, २०७९संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९