लेखनाथ, २१ असोज। पोखरा महानगरपालिका २७ स्थित रिठेपानी बचत तथा ऋण सहकारी संस्थाको छैटौं साधारण सभा शनिवार सम्पन्न भएको छ।
वडाध्यक्ष पूर्णकुमार गुरुङले साधारणसभा उद्घाटन गर्दै सहकारीहरुले सेयर सदस्यको जीवनस्तर उकास्न ‘एक सहकारी, एक उत्पादन’ लाई आत्मसाथ गर्दै आयआर्जनका लागि कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए।
संस्थाका सल्लाहकार सु. जगबहादुर गुरुङ, ले. धनबहादुर गुरुङ, ऋण उपसमिति संयोजक विष्णुप्रसाद गुरुङ लगायतले सहकारीको माध्यमबाट छरिएर रहेको पुँजी एकीकृत गरी उत्पादनशील क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए।
सो अवसरमा पवि गुरुङलाई १० हजार सहयोग गरिएको थियो भने असल कारोबारतर्फ बुद्धिबहादुर गुरुङ, हर्कबहादुर गुरुङ, मनोज गुरुङ, ओमप्रसाद गुरुङ र कुलबहादुर गुरुङलाई सम्मान गरिएको थियो ।
यस्तै, पत्रकारिता क्षेत्रबाट रिठेपानी क्षेत्रको प्रचारमा योगदान पुर्याएकोमा लेखनाथ पत्रकार मञ्चका अध्यक्ष भीमपाणि बराल र सचिव विष्णुहरि पौडेललाई समेत सम्मान गरिएको थियो।
यसैगरी, सो क्षत्रेमा केही समय अगाडि चोर समात्ने काममा सक्रिय युवा ढकमान गुरुङ, सन्तोष गुरुङ र पुनम तामाङलाई पनि सम्मान गरिएको थियो।
सहकारी उपाध्यक्ष देवी खड्काले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन सचिव प्रकाश पन्तले गरेका थिए ।
कार्यक्रममा विभिन्न वाषिर्क कार्यक्रमका संयोजक क्या कुशप्रसाद गुरुङ, पूर्णकुमार गुरुङ, अञ्चल गुरुङ, मनकुमारी तामाङ, देवी खड्का, यमप्रसाद गुरुङ, अमन घले, विष्णुप्रसाद गुरुङ, विष्णुप्रसाद पौडेल, प्रकाश पन्त र हेमा पुनलाई समेत मायाको चिनोबाट सम्मान गरिएको थियो। एक हजार ८१ सेयर सदस्य रहेको संस्थाको सेयर पुँजी एक करोड ५५लाख ४६ हजार छ सय रुपैयाँ रहेको छ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९