लेखनाथ, २० असोज। नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले मुलुकको आर्थिक समृद्धिका लागि निजी क्षेत्रको सहकार्य आवश्यक रहेको बताएकी छन्।
लेखनाथ उद्योग वाणिज्य संघको २२ औ साधारण सभामा शनिबार बोल्दै अध्यक्ष राणाले सरकारले निजी क्षेत्रले व्यहोरेका समस्यामा गम्भीर बन्न आग्रह गरिन् । उनले करको व्यवस्थापन, लगानीमैत्री वातावरण, बैंक तथा वित्तीय संस्थाको व्याजदर, सरकारी नीति तथा अनुगमन लगायत क्षेत्रमा सुधार गर्नुपर्ने बताइन् ।
अध्यक्ष राणाले २० वर्षपछिको राजनैतिक अस्थिरताबाट गुज्रिएको नेपालमा स्थायी सरकार आए पनि व्यवसायीको हकहितमा ठोस कार्यनीति आउन नसक्दा लगानी गर्न अझै पनि पर्ख र हेरको अवस्थामा रहेको बताइन् ।
विश्व इतिहासमा जुन देशमा आर्थिक हिसाबले समृद्धि छ, त्यो देशको विश्वमा नै चर्चा पाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष राणाले आर्थिक समृद्धिका लागि चिन्तनशील हुनुपर्ने सुझाव दिइन् ।
नेपालको ब्यापार घाटा अहिले ४५ प्रतिशत पुगेकाले ब्यापार घाटालाई कसरी न्यूनीकरण गर्न सकिन्छ भन्नेबारेमा निजी क्षेत्र सरकारको सहयोगी भएर काम गर्न तयार रहेको धारणा राख्दै उनले निजी क्षेत्रलाई लगानीमैत्री र व्यवसायमैत्री वातावरण आवस्यक रहेको विचार राखिन् ।
गण्डकी प्रदेश सभाका सदस्य दीपक कोइरालाले राज्य राजनैतिक संक्रमणकाल सकिएको र राज्यको व्यवस्थापकीय संक्रमणकालको अवस्थामा रहेकाले सबै क्षेत्रमा केही असहज देखिएको बताए। उनले अहिलेको अवस्थामा निजी क्षेत्रको सहकार्यबिना सरकारले आर्थिक समृद्धि हासिल गर्न नसक्ने समेत बताए।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले व्यवसायी आफ्ना समस्या बोकेर कहाँ जाने अन्यौल भएको बताए । उनले उद्योग वाणिज्य संघहरुले विकासका गतिविधिमा पनि ध्यान केन्द्रित गर्नु पर्ने सुझाव दिएका थिए।। लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको साधारण सभामा उद्योग वाणिज्य महासंघका केन्द्रीय उपाध्यक्ष चन्द्रराज ढकाल, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी, लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुराम गिरी, ब्रहृमकुमारी इश्वरीय विश्वविद्यालयकी सविता लगायतले देशको आर्थिक समृद्धिका लागि सरकार र उद्योग वाणिज्य महासंघको सहयोग र सहकार्य आवश्यक रहेको औल्याए ।
लेखनाथ उद्योग वाणिज्य संघका महासचिव भरतकुमार अधिकारीले संचालन गरेको सो कार्यक्रममा धन्यवाद ज्ञापन वरिष्ठ उपाध्यक्ष बलराम ढकालले गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
गण्डकीमा खेलकुद विकास समिति अध्यक्ष नहटाउन उच्चले दियो अल्पकालीन आदेश
जेठ ६, २०७९पोखराको मतगणना : उम्मेदवारै नभएकोलाई भोट, कतै १ मत
जेठ ६, २०७९नगर प्रमुखमा ५ र गाउँपालिका अध्यक्षमा ११ महिला निर्वाचित
जेठ ५, २०७९गण्डकीको बजेट अधिवेशन जेठ ११ देखि
जेठ ५, २०७९पोखरा महानगरमा मतान्तर बढाउँदै धनराज
जेठ ५, २०७९