पोखरा, २० असोज। पोखराबाट पहिलो पटक ताङ्कासंग्रह लोकार्पण गरिएको छ । साहित्यका विभिन्न विधामा कलम चलाउँदैआएका देशभक्तसिंह कुँवरको पछिल्लो कृति ताङ्कासंग्रह ‘एक नम्बर’ शनिबार लोकार्पण भएको हो ।
मेघा एफएमको आयोजनामा भएको कार्यक्रममा समालोचक प्राडा रविलाल अधिकारीले सो कृति लोकार्पण गर्दै स्रष्टा कुँवरको बहुआयामिक प्रतिभाको प्रशंसा गरे । उनले विभिन्न ६४ कला हुनेमा स्रष्टा कुँवरले विभिन्न कलामा आफूलाई समाहित गराएको उल्लेख गरे।
स्रष्टा कुँवरले १० महिना अवधिमा विभिन्न विधामा योसहित छैटौं कृति पाठकमाझ आएको छ। उनले गत मंसिर १६ मा गजलसंग्रह ‘लभ स्टेशन’ सहित उनले हरेक महिनाजसो क्रमशः मुक्तकसंग्रह ‘सेतो संसार’, हाइकुसंग्रह ‘अमृतप्रेम’ र चोकासंग्रह ‘राजमहल’, सेदोकासंग्रह ‘नेपाली माया’ पाठकमाझ ल्याएका छन्। जापानबाट नेपाल भित्रिएको मानिने ताङ्कामा कलम चलाएका कुँवरको ‘एक नम्बर’ मा एक सय ५० वटा ताङ्का संग्रहित छन्। ताङ्का ५-७-५-७-७ अक्षरको नियममा बाँधिएर ५ लाइनमा लेखिने मीठो र चोटिलो साहित्यिक विधा हो। देशभक्तको ताङ्का पोखरामै पहिलो पटक पुस्तकको रुपमा आएको साहित्यकार असफल गौतमले बताए।
कृति समीक्षा गर्दै समीक्षक गौतमले नेपाली साहित्यको श्रीवृद्धिको लागि कुँवरको योगदान उल्लेख्य रहेको बताए। जापान भ्रमणमा रहँदा शंकर लामिछानेले बीसको दशकमा नेपालमा ताङ्का भित्राएको ताङ्काप्रति पछिल्लो पुस्ताको आकर्षण बढ्दो रहेको बताउँदै उनले ‘एक नम्बर’ ताङ्कामा राष्ट्रप्रेम, प्रकृत्रि्रेम, परदेश पीडा, सामाजिक विकृति विसंगतिमाथि तिखो प्रहार, विद्रोह, आत्मसम्मान बोलेको समीक्षाका क्रममा बताए। स्रष्टा कुँवरले विभिन्न विधामा लेखिएका अझै धेरै कृति पाइपलाइनमा रहेको र क्रमशः प्रकाशित गर्दै जाने बताए।
समारोहमा साहित्यकार सूर्य खड्का बिखर्ची, साहित्यकार तीर्थ गुरुङ, निवृत्त शिक्षक समुदाय कास्कीका अध्यक्ष तोयनाथ लामिछाने, अन्तर्राष्ट्रिय नेपाली साहित्यक समाज (अनेसास) गण्डकी अध्यक्ष दुर्गाबहादुर शाह बाबा, संचारकर्मी अभिमन्यूविक्रम राणा लगायतले स्रष्टा देशभक्तको साहित्य कर्म अब एकत्रित हुनुपर्ने सुझाव दिए। कार्यक्रममा स्रष्टा परिचय संचारकर्मी अम्बिका राणाले गराएकी थिइन्।
साहित्यकार, संचारउद्यमी, नायक, गायक, संगीतकार, गीतकार, निर्देशकको फराकिलो परिचय बनाएका स्रष्टा कुँवर मेघा एफएमका प्रबन्ध निर्देशक, सम्पदा कला मन्दिर, पोखरा वाङ्मय प्रतिष्ठान, मुमताज मल्टिमिडिया र कुँवर राणा गार्डेन सोसाइटीमा हाल अध्यक्ष रहेको जनाइन्। हालसम्म एल्बम सहित झण्डै ३ दर्जन कृति उनले सार्वजनिक गरिसकेको राणाले बताइन्। समारोहमा देशभक्तको माता रामदेवी कुँवरको विशेष उपस्थिति थियो। पोखरा वाङ्मय प्रतिष्ठान प्रकाशक रहेको सो कृति विमोचन समारोह एफएम अध्यक्ष क्षेत्रबहादुर कुँवरको अध्यक्षतामा भएको हो। संचारकर्मी तिर्सनालक्ष्मी गुरुङले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको संचालन संचारकर्मी देवेन्द्र एसकेले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
कल्याण शेरचन स्मृतिमा लोकदोहोरी प्रतियोगिता हुने
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
hero news full width
मुख्य समाचार
‘करोडको गाडी चढेर जनताको समस्या देखिदैँन’
संघीयता नेपाली जनताका लागि गलगाँड बन्यो : प्राडा दिलबहादुर क्षत्री
जेठ ११, २०७९नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
जेठ ११, २०७९चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९