पोखरा, १७ असोज। साहित्यकार गीता खत्रीको कथासंग्रह ‘अन्त्यहीन इच्छा’ परिचर्चा गरिएको छ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष खत्रीले अमेरिका बसाइँमा लेखेको उक्त कथा संग्रहभित्र १७ वटा कथाहरु संग्रहित छन्।
प्रमुख अतिथि कवि तीर्थ श्रेष्ठले ‘बाघ’ शीर्षकको कविता वाचन गरेर कार्यक्रम उद्घाटन गरेका थिए। उनले राष्ट्रियता र नागरिकता फरक रहेको चर्चा गर्दै खत्री राष्ट्रवादी साहित्यकार रहेको बताए। उनले शुभकामना दिँद भने, ‘विदेशी समुद्र किनारमा फूलेको फूलभन्दा हाम्रो नेपालकै माटोमा फूलेको फूल बन्नुहोस्।’
प्राज्ञ हरिदेवी कोइरालाले साहित्यकी बहुआयामिक स्रष्टा खत्रीले साहित्यमार्फत देश र विदेशलाई जोड्ने सेतु बनेको चर्चा गरिन्।
पत्रकार वद्रीविनोद प्रतिकले कथाकार खत्रीले स्वदेशी र विदेशी समाज तथा जनजीवनमा अनुभवलाई कथा संग्रहमा समेटेको बताए।
संग्रहभित्रका कथाको भाषाशैली र लेख्ने कला सरल रहेको उनले बताए।
कार्यक्रममा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठानका अध्यक्ष हनिफ मियाँ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
साहित्यकार खत्रीले २० वर्ष अघिदेखिका जीवनका भोगाइलाई कथाको रुप दिएको उल्लेख गरिन्। उनले सकारात्मक सोचबाट कथासंग्रहको थालनी र अन्त्य गरेको बताइन्।
सो अवसरमा रेडियो जननिले साहित्यकार खत्रीलाई सम्मान गर्यो। प्राज्ञ श्रेष्ठले ढाकाको पछ्यौरा ओढाउँदै खत्रीलाई सम्मानपत्र प्रदान गरे ।
उक्त अवसरमा अलि मियाँ लोकवाङ्मय प्रतिष्ठान र लेखनाथ साहित्य प्रतिष्ठान र नारी वाङ्मय प्रतिष्ठान समेतले खत्रीलाई सम्मान अर्पण गरेको थियो।
रेडियो जननी अध्यक्ष मिलन थापाको अध्यक्षतामा भएको कार्यक्रममा रेडियोकी पूर्व अध्यक्ष हिरा भट्टराईले रेडियोबारे प्रकाश पारेकी थिइन् ।
नारी प्रतिभा वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष अम्बिका भण्डारीले स्वागत र रेडियो जननिकी स्टेशन म्यानेजर बिमला भण्डारीले संचालन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
बंगलादेशमा घन्कियो रेशम फिरिरी …
… अनि दुर्गा बराल बने वात्स्यायन
वात्स्यायनको अभिनन्दन तथा रथारोहण
देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण
रत्नमानको ३ भाषाको पुस्तक
hero news full width
मुख्य समाचार
शिक्षक संघ कास्कीमा राजु, महानगरमा किरणबाबु
गण्डकीका २ मन्त्रीले दिए राजीनामा
चैत्र १०, २०७९वसन्त कुँवर नेपाल प्रहरीका आइजिपी
चैत्र १०, २०७९बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
चैत्र १०, २०७९गण्डकी सरकारबाट माओवादी बाहिरियो
चैत्र १०, २०७९गण्डकी सरकारबाट बाहिरिन माओवादीको निर्णय गर्दै
चैत्र १०, २०७९