पोखरा, १३ असोज। नेपाली काँग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली राष्ट्रियता खतरामा रहेको औल्याएका छन्। राज्यको प्रमुख जिम्मेवार व्यक्तिहरुले नै नेपाली राष्ट्रियतामाथि आँच आउने गतिविधि गर्दै हिँडेको गुरुङको भनाइ छ।
‘राज्य संचालन गर्ने प्रधानमन्त्री लगायत मन्त्रीहरुलाई नेपाली राष्ट्रियता खतरामा परेको हेक्का छ कि छैन ?’ पोखरामा शनिवार आयोजित कार्यक्रममा उनले प्रश्न गरे, ‘नेपालको नयाँ संविधानअनुसार प्रदेशको मुख्यमन्त्री बनेका कुनै पात्र संविधान दिवसको विरोधको झण्डा बोकेर हिँड्दा केन्द्रीय सरकारले उसलाई कारबाही गर्नुपर्छ कि पर्दैन ?’
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ, गण्डकी/धौलागिरिको आधिकारिक ट्रेड युनियनको शनिबार यहाँ आयोजित तेस्रो क्षेत्रीय भेलालाई सम्बोधन गर्दै गुरुङले राष्ट्रिय भावनामा खतरा आएको पनि दोहोर्याए।
काँग्रेस केन्द्रीय सदस्य गुरुङले यहाँ समय-समयमा नेपाली नेपालीबीचको एकतामा आँच ल्याउने कामहरुले प्रश्रय पाउने गरेको उल्लेख गरे। उनले भने, ‘यहाँ, कहिले सद्भाव कायम राखेर बसेका ताकाधारी र मतवालीबीच वैमनश्य उत्पन्न गराइन्छ। कहिले, पहाडिया र मधेशीबीच एकआपसमा लडाउने काम गरिन्छ।’
गुरुङले आन्तरिक राष्ट्रियता बलियो हुनुपर्नेमा जोड दिए। आन्तरिक राष्ट्रियता बलियो बने सिंगो राष्ट्रियता बलियो बन्ने उनले प्रष्ट पारे। आन्तरिक राष्ट्रियताले मात्रै मुलुकको अस्मिता बचाउन सकिने उनको भनाइ थियो।
देशमा समृद्धिको नारा घन्काउन कोही पछि नपरेको उनले बताए। ‘समृद्धिको नारा अन्धाले हात्ती छामेजस्तो बनेको छ,’ उनले थपे, ‘चुनावी घोषणपत्रमा काँग्रेस, कम्युनिष्ट दुवैको घोषणापत्रमा समृद्धिको नारा लेखिएकै छ। रेलहरु घोषणापत्रहरुमा कुँदेकै हो। तर, साँचो समृद्धि भनेको देशमा समाजवाद लागू गर्नु हो।’
उनले नेपालमा पटक पटक राजनीतिक व्यवस्था परिवर्तन आए पनि प्रवृत्तिमा परिवर्तन नआएको औंल्याए। ‘लाउडादेखि वाइडबडी जहाज काण्ड भ्रष्टाचारको प्रवृत्ति हो,’ गुरुङले आरोप छ।
नेपाली काँग्रेस कास्कीका सभापति कृष्णबहादुर केसीले नेपाललाई समृद्धि बनाउने क्षेत्र भनेको यहाँको जलश्रोतको क्षेत्र रहेको चर्चा गरे। ‘यहाँको मुख्य समस्या भनेको विद्युत् चुहावट हो,’ केसीले भने, र्ँकर्मचारीले चाहेरमात्र चुहावट रोकिँदैन, चुहावट रोक्न स्वयं सरकार र राजनीतिक दलहरु बढी जिम्मेवार बन्नुपर्छ।’
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ, आधिकारिक ट्रेड युनियन केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले विद्युत् प्राधिकरणको मुख्य समस्या र चुनौती भनेकै चुहावट रहेको उल्लेख गरे।
कार्यक्रममा विद्युत् प्राधिकरण क्षेत्रीय कार्यालय, पोखराका क्षेत्रीय निर्देशक सुरेशबहादुर क्षेत्री, नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ, आधिकारिक ट्रेड युनियन मध्यपश्चिम क्षेत्रीय अध्यक्ष दुर्गा केसी, कर्मचारी युनियन गण्डकी धौलागिरि क्षेत्रीय अध्यक्ष नारायण पण्डित, नेपाल राष्ट्रिय कर्मचारी संगठन (संयुक्त) का अध्यक्ष राजेन्द्र हमाल र ट्रेड युनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी लगायतले बोलेका थिए।
कार्यक्रममा सचिव नारायणप्रसाद रिजालले सचिवको प्रगति प्रतिवेदन र कोषाध्यक्ष देवी कार्कीले कोषाध्यक्षको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघ, गण्डकी/धौलागिरिको आधिकारिक ट्रेड युनियनका अध्यक्ष राजेन्द्रनाथ पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष पार्वती अधिकारीले स्वागत मन्तव्य र सचिव नारायणप्रसाद रिजालले संचालन गरेका थिए।
भेलामा कर्मचारी हकहित, ट्रेड युनियनको गतिविधि, व्यवस्थापन पक्ष र ट्रेड युनियन पक्षबीच समन्वयको वातावरण र विद्युत् प्राधिकरणको कार्यालयको सुधारोन्मुख गतिविधिमाथि छलफल भएको सचिव नारायणप्रसाद रिजालले जानकारी दिए।
उनका अनुसार भेलामा उठेका विषयलाई विद्युत् प्राधिकरण कर्मचारी संघ, आधिकारिक ट्रेड युनियनको केन्द्रमा पेश गरिने र केन्द्रीय कमिटिले क्षेत्रीय कार्यालयमा सुनुवाइका लागि पेश गर्नेछ।
Related News
सम्बन्धित समाचार
एमाले कास्कीमा को-को निर्वाचित ? (अन्तिम मतपरिणामसहित)
एमाले कास्कीमा नयाँ नेतृत्वका लागि मतदान
एमाले कास्की अधिवेशन : दुइतिहाइले बुझे मनोनयन फाराम
ओली नआउँदा पोखरेलद्वारा एमाले कास्की अधिवेशन उद्घाटन
एमाले कास्की अधिवेशन आजदेखि : पृथ्वीसुब्बा र खगराजको शक्ति परीक्षण
hero news full width
मुख्य समाचार
वर्षाले हिलाम्मे पोखरा प्रवेशमार्ग
असुरक्षित टहरामा बस्न वाध्य सुरक्षाकर्मी
चैत्र १५, २०८०गण्डकी सरकारले २०८१ मा ३ दिन बिदा दिने
चैत्र १५, २०८०किरिया बसेका दाजुभाइ परीक्षामा
चैत्र १५, २०८०सुरु भयो एसइई, ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सामेल
चैत्र १५, २०८०बजेट अभावमा नगर अस्पतालको काम रोकियो
चैत्र १५, २०८०