पोखरा, १३ असोज। नेपाल शैक्षिक परामर्श संघ (इक्यान), कास्कीमा भुवन क्षत्री सर्वसम्मत् अध्यक्ष निर्वाचित भएका छन्।
समितिको उपाध्यक्षमा सन्दीप अर्याल निर्वाचित भए। प्रतिस्पर्धी महेश पौडेललाई पराजित गर्दै अर्याल निर्वाचित भएका हुन्। सचिवमा रुद्रप्रसाद अर्याल सर्वसम्मत भए। अध्यक्ष र सचिव सर्वसम्मत चयन भएकोमा अन्य पदमा मतदान भएको हो।
कोषाध्यक्षका प्रत्यासी पूर्ण न्यौपानेलाई पराजित गर्दै ओमप्रकाश गैह्रे विजयी भए। सदस्यमा हरि पराजुली, नवीन अधिकारी (नशिव), देवराज शर्मा र गणेश कोइराला विजयी भएको नवनिर्वाचित सचिव अर्यालले जानकारी दिए। उनका अनुसार ४ जना सदस्यका लागि ६ जना प्रतिस्पर्धी थिए। बालचन्द्र परियार र युवराज पौडेेल पराजित भएका छन्। निवर्तमान अध्यक्ष मिलन तिवारी पदेनसदस्य रहने छन्।
नवनिर्वाचित अध्यक्ष क्षत्रीले सम्पूर्ण सदस्यलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
इक्यान केन्द्रका अध्यक्ष विष्णुहरि पाण्डेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो।
संघ कास्कीका अध्यक्ष मिलन तिवारीको अध्यक्षतामा भएको साधारणसभा तथा अधिवेशनमा इक्यान केन्द्रका निवर्तमान अध्यक्ष प्रकाश पाण्डे लगायतले इक्यानको आवश्यकता लगायत विषयमा धारणा राखेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
३४ वटा ऐन संशोधन गर्दै गण्डकी सरकार
कांग्रेस नेता घलेको निधन
माघ २४, २०७९चिकित्सक संघमा लोकतान्त्रिक समूहको वर्चश्व
माघ २४, २०७९हिमालय आँखा अस्पताललाई जापानको सहयोग
माघ २४, २०७९‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
माघ २४, २०७९राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९