पोखरा, १३ असोज। भक्ति संगीत प्रतिष्ठान, पोखराको पाँचौं साधारणसभा शनिवार सम्पन्न भयो।
सभाको विश्व हिन्दू महासंघ कास्कीका अध्यक्ष शंकर खरालले उद्घाटन गरेका थिए।
त्यस अवसरमा उनले सनातन हिन्दू धर्म संस्कृतिको संरक्षणमा प्रतिष्ठानको पनि महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै समाजमा सुसंस्कृत संस्कार निर्माण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोला, विश्व हिन्दू महासंघका उपाध्यक्ष वेदनिधि शर्मा, सनातन धर्म सेवा समिति कास्कीका अध्यक्ष रवीन्द्र माकाजू, संस्थाका कानूनी सल्लाहकार कृष्णप्रसाद पराजुली, मासवार आमा समूहकी अध्यक्ष टीकादेवी अधिकारीले शुभकामना मन्तव्य राखेका थिए।
प्रतिष्ठानका अध्यक्ष संगीतकार नवराज बरालको अध्यक्षतामा भएको उक्त सभामा वरिष्ठ उपाध्यक्ष पशुपति गुप्ताले स्वागत मन्तव्य राखेका थिए।
महासचिव विष्णु पराजुलीबाट प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष लक्ष्मी गिरीबाट आर्थिक प्रतिवेदन प्रस्तुत उक्त कार्यक्रमको सञ्चालन सचिव पि·ला भट्टले गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
राष्ट्रिय कविता प्रतियोगितामा भुषाल प्रथम
‘काव्यरसमा पोखरा’ लोकार्पण
गण्डकी प्रज्ञा उत्सव सुरु
भाका संरक्षणमा जुट्यो संगीत नाट्य प्रतिष्ठान
सुरेश प्राञ्जलीको उपन्यास ‘पानीघट्ट’ लोकार्पण
hero news full width
मुख्य समाचार
सिद्धार्थ आर्थिक करिडोरको सम्भावना
पृथ्वीराजमार्गको विकल्प त्रिशूली करिडोर
श्रावण २२, २०७९ड्रागन फल्दा किसानमा हर्ष
श्रावण २१, २०७९पोखरामा कृषि एम्बुलेन्स
श्रावण २१, २०७९प्रदेश सरकारको बजेट: डिपिआर र अध्ययनमै १६ करोड !
श्रावण २०, २०७९‘एक घर एक धारा’ सधैं अपूरा
श्रावण २०, २०७९