काठमाडौं, ११ असोज । सङ्घीय संसद्को दोस्रो अधिवेशन विहीवारदेखि सकिएको छ । दोस्रो अधिवेशनमा संसद्बाट संविधानको मौलिक हक कार्यान्वयनका लागि १६ विधेयक पारित भएको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई हालसम्म १ सय ३५ दिन चालु रहेको संसद् सचिवालयले जनाएको छ । यसबीच ६९ दिनमा ७९ पटक बैठक बसी १ सय ९३ घण्टा २५ मिनेट संसदीय काम कारवाही भयो । गत जेठ ७ गतेदेखि असार ८ गतेसम्म संसद्को संयुक्त बैठक चार पटक बस्यो । संयुक्त अधिवेशनमा छ घण्टा ५० मिनेट संसदीय कारवाही भयो ।
पहिलो अधिवेशनमा गठित नियमावली मस्यौदा समितिले गत वैशाख २३ गते प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७५’ माथि दफावार छलफल भई संशोधनसहित जेठ २५ गतेको बैठकबाट बहुमतले पारित भएको थियो । वैशाख २६ गते ‘आव २०७५/७६ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) छलफल गरियोस्’ भन्ने प्रस्ताव पेश भएको थियो । चासोका रुपमा हेरिएको “राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५” अन्ततः सदनमा पेश भएन । यसअघि सरकारले प्रा डा गोविन्द केसीसँग ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५’ संघीय संसद्को चालु अधिवेशनबाट पारित गर्ने सम्झौता गरेको थियो । प्रा डा केसीले सङ्घीय संसद् बैठकमा सो विधेयक पेश नभए आफू पुनः अनशन बस्ने चेतावनी दिँदैआएका छन् ।
त्यसैगरी संघीय संसद्को दोस्रो अधिवेशनसँगै राष्ट्रियसभाको पहिलो बैठक गत वैशाख २३ गते प्रारम्भ भई विहीवारसम्म १ सय ३५ दिन चालु रह्यो । सो अवधिमा सभाको बैठक बसेको ५२ दिनमा ६१ बैठक बसी ७९ घण्टा २० मिनेट संसदीय कारबाही भयो ।
दोस्रो अधिवेशन अवधिमा राष्ट्रियसभामा उत्पन्न भएका आठ विधेयकमध्ये बालबालिकासम्बन्धी विधेयक २०७५, अपराध पीडितको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ र वातावरण संरक्षण -पहिलो संशोधन) विधेयक २०७५ लगायत पाँच विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेका छन् । तीमध्ये तीन विधेयक राष्ट्रियसभाबाट पारित गरी सन्देशसहित प्रतिनिधिसभामा पठाइएको छ ।
त्यसैगरी अधिवेशन अवधिमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त १९ विधेयकमध्ये आर्थिक विधेयक २०७५, सामाजिक सुरक्षा विधेयक २०७५ र सार्वजनिक सुरक्षा -तेस्रो संशोधन) विधेयक २०७५ लगायत १८ विधेयक सभाबाट पारित गरिएको छ ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले सभाका विभिन्न मितिमा बसेको बैठकबाट ‘शान्ति विश्वविद्यालय स्थापना गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय सम्झौता’ र अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्नेसम्बन्धी व्यवस्था भएको महासन्धिलगायत पाँच सम्झौताको अनुगमन, सम्मिलन तथा स्वीकृत गर्ने कार्य भएको जानकारी दिए।
Related News
सम्बन्धित समाचार
पोखराको मेयर र उपमेयरमा गठबन्धनको अग्रता कायमै
पोखरा महानगरको मतगणना सुरु
१४ जिल्लाका ४४ मतदान केन्द्रमा मतदान स्थगित
कास्कीमा ६५ प्रतिशत मतदान, पोखरा महानगरको मतगणना भोलिमात्र
राप्रपाको पोखरामा घरदैलो, आज लिङ्देन आउने
hero news full width
मुख्य समाचार
नीति तथा कार्यक्रममा समेटिएका गण्डकीका योजना
चुनावको जात्रा, मकैको व्यापार
जेठ ११, २०७९बजेट अधिवेशन आजदेखि
जेठ ११, २०७९पोखराको पन्ध्राैं मेयर धनराज आचार्य, ६ हजार मतान्तर
जेठ ११, २०७९पोखराको स्थगित मतगणना फेरि सुरु
जेठ १०, २०७९पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९