पोखरा, १० असोज। नमस्ते बचत तथा ऋण सहकारी संस्था लि., पोखराको आठौं वाषिर्क साधारणसभा संस्थाका अध्यक्ष विष्णुहरि दाहालको अध्यक्षतामा सम्पन्न भएको छ।
जिल्ला सहकारी संघ, कास्कीका अध्यक्ष रविरमण तिवारीले कार्यक्रम उद्घाटन गर्दै सहकारीहरु अब बचत संकलन र ऋण लगानीमा मात्रै सीमित नभइ सेयर सदस्यको आर्थिक समृद्धिका लागि रोजगारीमूलक अभियानतर्फ लाग्नुपर्ने बताए।
जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य सावित्री बरालले सहकारीलाई बहुउद्देश्यीय आयामिक बनाइ उत्पादनका अवसर खोज्नुपर्ने बताइन्।
कार्यक्रममा सेयर सदस्य विष्णु अधिकारी, अमर सापकोटा, सल्लाहकार चण्डीप्रसाद अर्याल, पूर्व अध्यक्ष नारायण पौडेलले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए।
सो अवसरमा प्लस टुमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरी अनुसार झेडी र आनन्द भुसाल, ज्येष्ठ सेयर सदस्य झुमलाल अर्याल, उत्कृष्ट बचतकर्ता कल्पना पौडेल, कल्पना गौतम, केशरबहादुर केसी, धर्मराज अर्याल, असल ऋणीतर्फ तोयराज तिमिल्सिना तथा सेयर सदस्य विष्णु अधिकारी, ददिराम दाहाल, नवीन बराल लगायतलाई सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका सचिव धर्मराज अर्यालले वाषिर्क प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष ददिराम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।
कार्यक्रमबीच, संस्थाका पूर्व अध्यक्ष नारायण पौडेलको अध्यक्षतामा सात सदस्यीय अध्ययन तथा निर्देशक समिति समेत गठन गरेको संस्थाका सचिव अर्यालले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
बुद्ध विशाल बजार एसोसियसनको सभा
hero news full width
मुख्य समाचार
विमानस्थल संचालन नयाँ वर्षमै : पर्यटमन्त्री श्रेष्ठ
टुक्रे योजनाले काम दिगो भएन
श्रावण २६, २०७९स्याङ्जामा कर्मचारीको धर्ना
श्रावण २६, २०७९संघीयताको पहिचान नै प्रदेश संरचना : मुख्यमन्त्री पोखरेल
श्रावण २५, २०७९संघ तथा प्रदेश चुनाव :असोज २३ उम्मेदवारी दर्ता
श्रावण २५, २०७९पोखरामा मनाइयो विश्व आदिवासी दिवस
श्रावण २५, २०७९