लेखनाथ, ९ असोज। पोखरा ३०, मोहोरियामा रहेको शिशुवा महिला बचत तथा ऋण सहकारी संस्था लि.को १६ औं वाषिर्क साधारणसभा तथा सातौं अधिवेशन सम्पन्न भएको छ।
कार्यक्रम उद्घाटन गर्दै कास्की बचत तथा ऋण सहकारी संघका अध्यक्ष सुदीप ढकालले सहकारी संस्थाहरुले उत्पादनशील क्षेत्रमा पुँजी लगानी गर्दै सेयर सदस्य महिलालाई उद्यमशील बनाउन प्रेरित गर्नुपर्ने बताए।
संस्था अध्यक्ष पूणिर्मा बास्तोलाको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला सहकारी संघका सदस्य अम्बिका आचार्य, राष्ट्रिय सहकारी बैंकका प्रतिनिधि यशोदा नेपाल लगायतले बोलेका थिए।
संस्थाकी सचिव सञ्जु बञ्जाराले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष विमला शर्मा गौतमले गरेकी थिइन।
सोही अवसरमा संस्थाले एसर्इइमा उत्कृष्ट नतिजा ल्याउने सेयर सदस्यका छोराछोरी, ज्येष्ठ सेयर सदस्य र उत्कृष्ट ऋणीहरुलाई सम्मान गरिएको थियो।
यसैबीच, अधिवशेनले उमा परियारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। जसको उपाध्यक्षमा सचिता लामिछाने, सचिवमा सञ्जु बञ्जारा, कोषाध्यक्षमा कल्पना तिवारी, सदस्यमा विजय बराल, ऋषिमाया त्रिपाठी, कृष्णकुमारी तिमिल्सिना, पुष्पा श्रेष्ठ, शान्ति सुवेदी, ओमकुमारी कँडेल र विष्णुकुमारी लामिछाने छन्।
अधिवेशनले सरिता आचार्य भण्डारीको संयोजकत्वमा चन्द्रकुमारी बञ्जारा र सम्झना बञ्जारा सदस्य रहेको लेखा समिति समेत चयन गरेको छ।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
‘जहाँ ढुंगा ढुंगामा देवताको बास छ’
राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको शपथ
माघ २४, २०७९इञ्जिन ब्लेड फेदर यती एयर दुर्घटनाको कारण
माघ २४, २०७९पोखरा म्याराथन : हस्तलिखित नम्बरदेखि चिपसम्म
माघ २४, २०७९महानगरले सुरु गर्यो सशुल्क पार्किङ
माघ २४, २०७९६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
माघ २३, २०७९