पोखरा, ९ असोज । पोखरा वडा ९ मा रहेको उन्नति बचत तथा ऋण सहकारी संस्था लि. र वडा ३१ मा रहेको प्रतिज्ञा सहकारी संस्थाबीच एकीकरण भएको छ ।
एकीकरणपछि उन्नति बचत तथा ऋण सहकारी संस्था लि.को नाउँबाट एकीकृत कारोबार संचालन गर्नेसम्बन्धी विशेष प्रस्तावलाई उन्नति बचत तथा ऋण सहकारीको १० औँ साधारणसभाले पारित गरेको संस्थाका महाप्रबन्धक भगवान् भट्टराईले जानकारी दिए ।
यसैबीच, उन्नति बचत तथा ऋण सहकारीको १० औँ साधारणसभाले राजेश रानाभाटको अध्यक्षतामा सात सदस्यीय संचालक समिति सर्वसम्मत रुपमा निर्वाचित गरेको छ । संस्थाको उपाध्यक्षमा लेखनाथ अर्याल, सचिवमा रेवतीमणी भण्डारी र कोषाध्यक्षमा प्रमोद थापा रहेका छन् । त्यस्तै, सदस्यमा विनोद पोटे, राजेश शर्मा र वैकुण्ठ बराल छन् । लेखा समिति संयोजकमा बिमल लम्साल, सदस्यमा युवराज शर्मा र ध्रु्रवराज सुवेदी निर्विरोध निर्वाचित भए । साधारणसभा उद्घाटन गर्दै गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखा प्रमुख बद्रीनाथ अधिकारीले सहकारी संस्थाहरु मर्जरमा जाँदा सदस्यको लागि समेत फाइदा हुने बताए ।
सहकारी संस्था एकीकरण भएमा संस्था बलियो हुनेर लगानीको पर्याप्त अवसर सिर्जना हुने उनको भनाइ थियो ।
नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का संचालक चण्डीप्रसाद शर्मा पौडेलले सहकारी सेयर सदस्यले आफ्नै संस्थामा मात्र बचत तथा ऋण कारोबार गर्नुपर्ने बताए ।
सहकारीका अध्यक्ष पदमबन्धु पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि.का प्रतिनिधि मनप्रसाद ढकाल, वडा ९ का वडासदस्य राममाया मानन्धर, उपाध्यक्ष राजेश रानाभाट, सचिव लेखनाथ अर्याल, शिक्षा समिति संयोजक रेवतीरमण भण्डारी लगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९