पोखरा, ८ असोज। पोखरा उद्योग वाणिज्य संघको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यले सोमबार पदभार ग्रहण गरेका छन् । संघमा शनिबार सम्पन्न ३२ औं महाधिवेशनबाट दामु अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।
संघ कार्यालयमा सोमबार आयोजित समारोहमा उनीहरुले पदभारग्रहण गरेका हुन् । नवनिर्वाचित अध्यक्ष अधिकारीले यसअघि नै निर्वाचन समिति संयोजक तीर्थ श्रेष्ठको उपस्थितिमा निवर्तमान अध्यक्ष विश्वशंकर पाखिलेबाट पद तथा गोपनियताको शपथ लिएका थिए । सोमबार अधिकारीले संघका नवनिर्वाचित पदाधिकारीहरुलाई पद तथा गोपनीयताको शपथ खुवाए ।
शपथपछि नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा कार्यसमिति सदस्यलाई संघका निवर्तमान अध्यक्ष पालिखेले संघका पूर्व अध्यक्ष समेत रहेका गण्डकी प्रदेश सांसद विन्दुकुमार थापा, संघका कार्यकारी निर्देशक टोपबहादुर थापाको उपस्थितिमा पदस्थापन गराएका थिए ।
नवनिर्वाचित कार्यसमितिको पहिलो बैठकले निर्वाचन सम्पन्न गराएकोमा निर्वाचन समिति,प्रमुख अतिथि, अतिथि, संघका सम्पूण्ा सदस्य, सुरक्षा निकाय लगायतलाई धन्यवाद ज्ञापन गरेको छ।
संघका पूर्व अध्यक्ष एवं सांसद विन्दुकुमार थापाले बधाई ज्ञापन गर्दै निजी क्षेत्रको दह्रिलो संस्था बनाउन आग्रह गरे। स्थानीय निकायले एक्कासी गरेको करको दर वृद्धि, मूल्यवृद्धि जस्ता समस्यामात्र नभएर उद्योगी/व्यवसायीहरुको आवाज बुलन्द पार्नको लागि निश्चित योजनासहित अगाडि बढ्नु पर्नेमा उनले जोड दिए।
संघका निवर्तमान अध्यक्ष पालिखेले चुनावमा देखिएको तिक्तता बिर्सेर एक हुन विजेता अध्यक्ष, पदाधिकारी तथा कार्यसमितिका सदस्यहरुलाई आग्रह गरे।
धन्यवाद ज्ञापन गर्दै संघका नव निर्वाचित अध्यक्ष अधिकारीले उद्योगी/व्यवसायीहरुको म्याण्डेटले विजयी बनेको वर्तमान कार्य समिति नै सही अर्थमा आफ्नो टिम भएको बताए। ‘हिजो चुनाव लड्दै गर्दा सीमित व्यक्तिले बनाएको टिम थियो,’ उनले भने, ‘त्यो टिम पेन्सिलले लेखिएको थियो, मार्करले लेखिएको थिएन, त्यसैले त्यो मेटिएको छ।’ उनले आफू सबैलाई समेटेर उद्योगी व्यवसायीको पक्षमा काम गर्न तयार रहेको उद्घोष पनि गरे। शपथग्रहण कार्यक्रमको संचालन संघका सदस्यता विकास अधिकृत सुरेश रानाभाटले गरेका थिए।
Related News
सम्बन्धित समाचार
वित्तीय साक्षरता तालिम
राष्ट्र बैंकका प्रथम गभर्नर राणाको निधन
वित्तीय संस्था कर्मचारी संघमा याम
बैंक तथा वित्तीय संस्थाको धरपकडविरुद्ध व्यवसायी
चर्को ब्याजविरुद्ध पोखरामा रिले अनसन
hero news full width
मुख्य समाचार
६ महिनामा पाँच खर्ब ८५ अर्ब रेमिट्यान्स भित्रियो
पार्किङ खुलाको सूचना, निषेधको उद्घाटन
माघ २३, २०७९प्रदेश सभाले मनायो स्थापना दिवस, वक्ता भन्छन् : सबै प्रदेश सरकार संघको प्रतिपक्षी
माघ २२, २०७९राष्ट्रिय स्वन्तन्त्र पार्टीका मन्त्रीले बुझाए राजीनामा
माघ २२, २०७९समाचार गाली बेइज्जती नभएको कास्की अदालतको ठहर
माघ २२, २०७९हिमाल जस्तै अग्लो कदका हिमालय शमशेर
माघ २२, २०७९