पोखरा, ८ भदौ। ढुंगेसाँघु बचत तथा ऋण सहकारी संस्था लि., महतगौंडाको १२ औ साधारणसभाले अमृत भण्डारीको अध्यक्षतामा नौ सदस्यीय संचालक समिति चयन गरेको छ।
संचालक समिति उपाध्यक्षमा दुर्गादत्त भण्डारी, सचिवमा राजकुमार पौडेल, सहसचिवमा शोभा भण्डारी र कोषाध्यक्षमा श्रीराम भण्डारी तथा सदस्यमा तीलमाया गिरी, लक्ष्मी शर्मा भण्डारी, लिलाम्बर सुवेदी, गौमाया थापामगर चयन भए ।
कास्की बचत संघका अध्यक्ष सुदीप ढकालले साधारणसभा उद्घाटन गर्दै सरकारले सहकारीको कुल आम्दानीको २० प्रतिशत कर लगाउने र सदस्यलाई १८ प्रतिशतभन्दा बढी बोनस बाँड्न नपाउने सहकारी कानूनमैत्री नभएको बताए।
प्राडा पुष्पराज शर्माले पुरुषको तुलनामा महिलाहरुले सञ्चालन गरेका सहकारी पारदर्शी र मितव्ययी हुने गरेको उल्लेख गरे।
विरुवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष चित्रराज बराल र सफल सहकारी संस्थाका अध्यक्ष हरि बास्तोलाले स्थानीय तहबाट नयाँ सहकारीको सिफारिस गर्दा अन्य सहकारीको सदस्य नभएको हुनुपर्नेमा जोड दिए।सो अवसरमा सेयर सदस्यका कक्षा १२ देखि स्नातकोत्तर तहमा सवोर्त्कृष्ट अंक ल्याउने छोराछोरी र ८० वर्ष नाघेका अभिभावकलाई सम्मान गरिएको थियो।
साधारणसभाले अध्यक्ष अमृत भण्डारीले वाषिर्क प्रतिवेदन, लेखा समितिका संयोजक रामप्रसाद अधिकारी, कोषाध्यक्षले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन पारित गरेको थियो।
Related News
सम्बन्धित समाचार
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा
hero news full width
मुख्य समाचार
राष्ट्रपति भण्डारी अन्नपूर्ण केबलकारमा, पोखराका मेयर आचार्यले गरे चुनावको ब्रिफिङ
गोरखा भूकम्पको ७ वर्ष : पीडित राख्ने भवन भएन पूरा
श्रावण ३१, २०७९भ्रष्टाचार उजुरीमा कास्कीका सबैभन्दा बढी
श्रावण ३१, २०७९राष्ट्रपति भण्डारी पोखरामा, दिनभर भेटघाटमा व्यस्त
श्रावण ३०, २०७९राष्ट्रपति भण्डारी आज पोखरा आउँदै, भोलि दिउँसाेमात्र फर्कने
श्रावण ३०, २०७९नागरिकता विधेयक फिर्तापछि तरंग
श्रावण ३०, २०७९