पोखरा, ८ असोज। पुष्पाञ्जली फेसन एण्ड इभेन्ट प्रालिद्वारा आयोजित पाँचौ मिस कल्चर नेपाल-२०१८ को ट्यालेन्ट राउण्ड सम्पन्न भएको छ।
कार्यक्रममा उत्कृष्ट १९ जना प्रतिस्पर्धीहरूले आ-आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए।
प्रमुख अतिथि पोखरा महानगरपालिका वडा ९ का वडाध्यक्ष रामराज लामिछानेले यस्ता कार्यक्रमले समाजको गरिमा बढाउनुको साथै पर्यटकीय नगरी पोखरालाई छुट्टै पहिचान दिने बताउँदै महानगरले पनि साथ दिने प्रतिबद्धता प्रकट गरे।
एप्पल इन्टरनेशनल एजुकेशनको टाइटल स्पोन्सर र सिजी ब्रुअरीको मुख्य प्रायोजनामा हुन लागेको उक्त कार्यक्रमको फाइनल असोज १३ मा हुने कार्यक्रम संयोजक ज्ञानु तामाङले बताइन्।
कार्यक्रममा सिजी ब्रुअरी नेपालका रिजनल सेल्स म्यानेजर सुबोध रिसाल, सिजी फुड्स नेपालका रिजनल सेल्स म्यानेजर गोविन्द शर्मा, एप्पल इन्टरनेशलन एजुकेशनका प्रमुख रुद्र गिरी लगायतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गरेका थिए।
नारीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने, व्यक्तित्व तथा नेतृत्व विकास गर्ने, लोपोन्मुख संस्कृति जर्गेना गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएकोले पुष्पाञ्जलीका अध्यक्ष शोभा गौतमले जानकारी दिइन्।
बिजेताले भिजी अटो मोवाईले प्रदान गर्ने सुजुकी स्कूटर र उपविजेताले सिजी ब्राण्डको टिभी प्राप्त गर्ने छ । ट्यालेन्ट राउण्ड निर्णयकमा चलचित्रकर्मी तथा नृत्य निर्देशक राहुल थापामगर, नृत्य निर्देशक श्याम सिंह, मोडल गीता जिसी थिए । कार्यक्रम संचालन पुष्पाञ्जलीका मार्केटिङ म्यानेजर दिनेश शर्माले गरेका थिए भने संयोजक ज्ञानु तामाङले धन्यवाद ज्ञापन गरेकी थिइन्।
Related News
सम्बन्धित समाचार
समता काव्य सन्ध्यामा छन्द कविता वाचन
स्वर्णिम वाग्लेको अतृप्त अवसर लोकार्पण
बलात्कारविरुद्ध पोखरामा प्रदर्शन
नाचगान गरेर मतदाता फकाउँदै राष्ट्रिय युवा संघ
‘छाइल’ उपन्यासमाथि विमर्श
hero news full width
मुख्य समाचार
पोखराको स्थगित मतगणना फेरि सुरु
पोखराको स्थगित मतगणना अझै सुरु भएन
जेठ १०, २०७९वर्षौदेखि एउटै कार्यक्रम, भएन कार्यान्वयन
जेठ १०, २०७९सरकारको नीति तथा कार्यक्रम आज : आन्तरिक उत्पादन वृद्धि र प्रगतिशील विकासमा जोड
जेठ १०, २०७९कास्कीमा एकमात्र महिला वडाध्यक्ष
जेठ १०, २०७९धनराज र मञ्जु जीत नजिक
जेठ १०, २०७९