सफल कृपाको छैठौं साधारणसभा

आदर्श समाज सम्वाददाता
असाेज ८, २०७५

हेमजा, ७ असोज। सफल कृपा बचत तथा ऋण सहकारी संस्था, हेमजाको छैठौं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा २५ का वडाध्यक्ष शोभाकर तिम्सिनाले सहकारी संस्थाका सदस्यमा सहकार्यको भावना हुनुपर्ने औँल्याउँदै सदस्यले आफ्नै संस्थामा मात्र कारोबार गर्नुपर्नेमा जोड दिए।वडासचिव इश्वरीप्रसाद बास्तोलाले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रममा गण्डकी विकास बैंक हेमजा शाखाका प्रबन्धक विनोदराज पौडेल, देवीस्थान कृषि सहकारीका अध्यक्ष शालिकराम बास्तोला, लेखा संयोजक गणेशबहादुर थापा लगायतले बोलेका थिए ।

कार्यक्रम सहकारी अध्यक्ष धनबहादुर थापाले अध्यक्षको प्रतिवेदन, सचिव भरतबहादुर थापाले वाषिर्क प्रगति प्रतिवेदन, लेखा संयोजक गणेशबहादुर थापाले लेखा समितिको प्रतिवेदन, कोषाध्यक्ष हरिकृष्ण थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साधारणसभाले विभिन्न कार्ययोजना तथा संस्थाको ऋण नीति पनि पारित गरेको सहकारीका व्यवस्थापक सूर्यकूमार श्रेष्ठले जानकारी दिए।

सहकारी थापाको अध्यक्षतामा संचालित उक्त कार्यक्रममा लेखा संयोजक गणेशबहादुर थापाले स्वागत र सचिव भरतबहादुर थापाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर

    आदर्श समाज सम्वाददाता श्रावण २५, २०७९
    पोखरा । नेपालका लागि महिन्द्रा फोरव्हीलरको एकमात्र आधिकारिक बिक्रेता अग्नि ग्रुपले सेवाग्राहीको सुविधाका निम्ति नयाँ टु एस सर्भिस सेन्टर पोखरा…
  • सहकारी बैंकको वार्षिक समीक्षा

    आदर्श समाज सम्वाददाता श्रावण २४, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको पोखरामा आयोजित ३ दिने वार्षिक समीक्षा गोष्ठी सोमबार सकिएको छ । आर्थिक वर्ष २०७८÷०७९…
  • पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा

    आदर्श समाज सम्वाददाता श्रावण २३, २०७९
    पोखरा । पोखरा उद्योग वाणिज्य संघका वर्तमान उपाध्यक्ष अर्जुन पोखरेलले आगामी महाधिवेशनमा संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।…
  • राष्ट्रिय सहकारी बैंकको समीक्षा पोखरामा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७८÷०७९ को वार्षिक समीक्षा गोष्ठी शनिबारदेखि पोखरामा सुरु भएको छ । ३…
  • बुद्ध विशाल बजार एसोसियसनको सभा

    आदर्श समाज सम्वाददाता श्रावण २२, २०७९
    पोखरा । बुद्ध विशाल बजार व्यापारिक एसोसियसनको २४ औं साधारणसभा भएको छ । सभा गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास…

hero news full width