पोखरा, ७ असोज। रिजनल हस्पिटल, पोखरा र बीएण्डबी हस्पिटल, ललितपुरबीच उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले साझेदारी भएको छ ।
रिजनल हस्पिटलतर्फबाट डा जगतबहादुर खड्का र वरिष्ठ न्यूरो सर्जन प्राडा जगदीशलाल वैद्य, वरिष्ठ अथोर्पेडिक विशेषज्ञ प्राडा अशोककुमार बास्कोटाले एक समारोहबीच साझेदारीमा संयुक्त हस्ताक्षर गरे।
चिकित्साशास्त्रमा बीएण्डबीले भित्राएको पद्धति र प्रविधि रिजनल हस्पिटलले अनुकरण गर्ने उद्देश्यले साझेदार गरिएको रिजनल हस्पिटलका अध्यक्ष डा जगतबहादुर खड्काले बताए।
डा खड्काले सक्दो स्वास्थ्य सेवा रिजनल अस्पतालले प्रदान गर्ने बताए। जटिल किसिमको बिरामीका लागि बीएण्डबीमा रेफर गरिने डा खड्काको भनाइ थियो।
बीएण्डबीका व्यवस्थापक प्राडा जगदीशलाल वैद्यले साझेदारीले रिजनल हस्पिटलबाट उच्चस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास दिलाए। ‘अस्पताल संचालन गर्नु ठूलो कुरा होइन’, प्राडा वैद्यले भने, ‘सेवाग्राहीले राहत महशुस गर्ने गरी उच्चस्तरीय सेवा पाउनुपर्छ।’
बीएण्डबीमा हाल १३ वटा अपरेशन थियटर रहेको र प्रतिदिन ४० वटा अपरेशन गरिने उनले जानकारी दिए।
बीएण्डबीका वरिष्ठ अथोर्पेडिक विशेषज्ञ प्राडा अशोककुमार बास्कोटाले अस्पताल संचालन गर्नेहरुले सदैव, सेवाभाव, इमान्दारिता र लगनशीलतामा विश्वास गर्नुपर्नेमा जोड दिए। आफूहरुले प्रतिकूल वातावरणमा सिमित श्रोतसाधनबाट स्वास्थ्य सेवा शुरु गरेको बताउँदै प्राडा बास्कोटाले भने, ‘उच्च किसिमको सेवा प्रदान गर्नु नै अस्पतालको धर्म हुन्छ।’
पोखरा-५ का वडा अध्यक्ष धनबहादुर नेपालीले दुर्इ अस्पतालबीचको साझेदारीले स्वास्थ्य सेवामा थप सुधार र विस्तार हुने विश्वास ब्यक्त गरे।
रिजनल अस्पतालका अध्यक्ष डा जगतबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा उक्त अस्पतालका चन्द्रकान्त पौडेलले स्वागत र अर्जुनप्रसाद शर्माले संचालन गरेका थिए।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
भगिनी सम्बन्धको दुरुपयोग
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
भाद्र २, २०७९नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९