पोखरा, ६ असोज । सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकार सहकारीमैत्री ऐन, नियमावली तयार र संशोधनक्रममा रहेको बताएकी छन्।
गोल्डेन बचत तथा ऋण सहकारी संस्था लि, पोखराको नवौं वाषिर्क साधारणसभाको शनिबार उद्घाटन गर्दै गर्दै मन्त्री अर्यालले सो कुरा बताएकी हुन् ।
उनले सहकारीहरुलाई बचत संकलन र ऋण प्रवाहमा मात्र सीमित नरही कृषि, व्यापार, पर्यटन, उद्योग लगायतका उत्पादनमूलक क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिइन् ।
साथै उनले गोल्डेन सकारीलाई नेपालकै उत्कृष्ट सहकारी बन्न सकोस् भन्ने शुभकामना दिँदै सहकारी मार्फत सहकार्य गरी आर्थिक उन्नयन गर्नुपर्ने बताइन्।
गण्डकी प्रदेश सांसद मीनप्रसाद गुरुङले समृद्ध नेपाल सुखि नेपालीको नारालाई साकार पार्न सहकारीको महत्वपूर्ण भूमिका रहने कुरा बताउँदै सहकारीको मूल मर्मबाट विचलित नभई सहकारी संस्थाहरु अगाडि बढ्नुपर्ने बताए। सो अवसरमा संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले संस्थाको वाषिर्क प्रतिवेदन र भावी कार्यक्रम प्रस्तुत गरे । यस्तै, कोषाध्यक्ष गोपालबहादुर गुरुङले लेखापरीक्षण प्रतिवेदन तथा कोषाध्यक्षको प्रतिवेदन र लेखा सुपरीवेक्षण समिति संयोजक मोत्रि्रसाद पौडेलले लेखासुपरीवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गरे ।कार्यक्रममा संस्थामा विभिन्न योगदान पुर्याउने व्यक्तिलाई सम्मान गरियो । सो अवसरमा उत्कृष्ट बचत कारोबार र नियमित कर्जातर्फ ५/५ जना, शेयर सदस्यका छोराछोरीमध्ये एसर्इइमा उत्कृष्ट अंक ल्याउनेहरु ३ जना र दश जोड २ मा उत्कृष्ट अंक ल्याउनेमध्येका २ जनालाई नगदसहित सम्मान गरिएको थियो । स्नातक र स्नातकोत्तर तह उत्तीर्ण गर्ने सहित कुल ४८ जनालाई सम्मानपत्र प्रदान गरियो । नेपाल सरकारबाट प्रवल जनसेवाश्री पदकबाट विभूषित संस्थाका सल्लाहाकार विष्णुप्रसाद खनाल र नेपाल रेडक्रस सोसाइटीबाट उत्कृष्ट शिक्षकनायक घोषित संस्थाका सञ्चालक समिति सदस्य राजेशकुमार घिमिरेलाई पनि सम्मान गरियो। त्यसैगरी संस्थाले यस वर्षको उत्कृष्ट कर्मचारीको रुपमा संस्थाका बजार व्यवस्थापक यामप्रसाद पौडेललाई पुरस्कृत समेत गरेको छ।
कार्यक्रममा कास्की बचत संघका सचिव दीपकप्रकाश आचार्य, जिल्ला सहकारी संघका दीपक बास्तोला, संस्थाका सल्लाहकार संयोजक गुणाखर सापकोटा, सम्मानित विद्यार्थी सृष्टि शर्मा लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत उपाध्यक्ष बालकृष्ण बराल र संचालन सचिव कृष्णप्रसाद पोखरेलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
लगानी नहुँदा अर्थतन्त्र धरातलमा: प्रदेश प्रमुख
चुनावी एजेन्डा सुनाउन गृहनगरमा अञ्जन
नागरिक लगानी कोषको पोखरा शाखा देशभरमै उत्कृष्ट
उद्योग वाणिज्य महासंघमा अञ्जन श्रेष्ठको उम्मेदवारी
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९उपराष्ट्रपति यादवले लिए पद तथा गोपनीयताको शपथ
चैत्र ६, २०७९