लेखनाथ, ६ असोज । पोखरा महानगरपालिका वडा २७, तालचोकस्थित क्षत्रशक्ति बचत तथा ऋण सहकारी संस्थाको आठौं वाषिर्क साधारण सभा सम्पन्न भएको छ ।
साधारण सभा उद्घाटन गर्दै जिल्ला सहकारी संघ कास्की अध्यक्ष रविरमण तिवारीले सहकारीले संकलित पँुजी आप\mनो ठाउँ र भूगोललाई मध्यनजर राखेर उत्पादनशील क्षेत्रमा लगानी गनुुपर्ने बताए। सहकारीको मूल्यमान्यता अनुसार सहकारीहरु संचालन हुन नसकेको भन्दै उनले राज्यलाई ठूलो मात्रामा कर बुझाउने तर त्यसको प्रतिफल देखिने गरी कुनै पनि सेवासुविधा प्राप्त हुन नसकेकाले अब सेयर सदस्यको आर्थक उपार्जनका लागि केही गरौं भन्ने खालका योजना ल्याउनुपर्ने सुझाव दिए ।
संस्थाका अध्यक्ष इन्द्रबहादुर थापाको अध्यक्षतामा भएको सो कार्यक्रममा लेखनाथ सहकारी मञ्चका उपाध्यक्ष सोमलाल कँडेल, लेखनाथ उद्योग वाणिज्य संघकी सदस्य जानुका अधिकारी, चक्रदेवी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिव अधिकारी, तालनगरी कृषि सहकारी संस्थाका अध्यक्ष जीवन तिवारी, सेयर सदस्य शालिकग्राम गौतम, लक्ष्मी सुवेदी र लेखापाल गंगा केसी लगायतले आ-आफ्नो धारणा राखेका थिए ।
सोही अवसरमा संस्थाले विभिन्न क्षेत्रमा रहेर सहकारीलाई सहयोग गर्ने व्यक्तिलाई सम्मान गरेको थियो ।
संस्थाका सचिव सुकबहादुर तिमिल्सेनाले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष प्रेमबहादुर थापाले गरेका थिए।
Related News
सम्बन्धित समाचार
चितवनमा एक लाख १६ हजार कुुखुरामा बर्डफ्लु पुष्टि
भिभो भी२३ई को मूल्य ३ हजार घट्यो
वैशाख २८ देखि नयाँ आइपिओ आउँदै
ग्यासको खपत घटाउन उपयुक्त माध्यम हुन सक्छ इलेक्ट्रिक प्रेसर कुकर
कोन सामुदायिक सहकारीमा १ सय २४ युनिट रगत संकलन
hero news full width
मुख्य समाचार
एमालेलाई जीत जोगाउनै सकस
जहाँ पुरानो जीत दोहोरिएन…
जेठ ३, २०७९तनहुँमा एमाले ७, कांग्रेस ५, माओवादी २ वडामा निर्वाचित
जेठ १, २०७९पोखराको मेयरमा एकीकृत समाजवादीको अग्रता
जेठ १, २०७९पोखरामा एकीकृत समाजवादीको अग्रता कायमै
जेठ १, २०७९काठमाडौंमा बालेन शाहकाे अग्रता कायमै
जेठ १, २०७९