दशैं गीत ‘निधारमा टीका’

आदर्श समाज सम्वाददाता
असाेज ७, २०७५

पोखरा, ६ असोज । परदेशिएको छोराले चार्डपर्वका समय सम्झिएको घरदेश र परिवारको मायालाई समेटेर तयार पारिएको ‘निधारमा टीका’ बोलको गीत शुक्रबार सार्वजनिक गरिएको छ ।

गीतकार दीननाथ बास्तोलाको रचना तथा गायक सन्तोष बस्यालको स्वर रहेको सो गीत पोखरामा शुक्रबार एक कार्यक्रम गरी सार्वजनिक गरिएको हो ।

नमस्ते रेर्कडिङ स्टुडियो, पोखरामा रेर्कर्ड गरिएको गीतलाई पोखराकै एरेण्जर साहिल गायकले गरेका हुन् । ‘मैले यो गीत १६ वर्षअघि लेखेको थिएँ, गीतकार बास्तोलाले भने, ‘आफ्नो कार्यव्यस्तताले गर्दा त्यतिबेला रेर्कर्ड गर्न सकिनँ, अहिले आएर समय जुर्‍यो ।’ उनका अनुसार गीतमा छोरा घरबाट बाहिरिएपछि सबैभन्दा बढि माया गर्ने आमालाई सम्झिएको कथा व्यथा प्रस्तुत गरिएको छ । यसअघि लोकदोहोरी गीत सार्वजनिक गरिसकेका बास्तोलाले शुरुमा त दशैं गीत आफूले गाउने प्रयास पनि नगरेका होइनन तर पछि स्वरमा म्याच नभएर गीतलाई मार्नुहुन्न भन्ने सोचेर गायक बस्याललाई दिएक्ो बताए । कार्यक्रमा बोल्दै गायक बस्यालले दशैं गीत गाउन पाउनुनै आफ्नो लागि नयाँ भएको बताए । ‘चार्डपर्व गीत मैले अहिलेसम्म गाएको छैन,’ उनले भने, ‘यो नै मेरो पहिलो चार्डपर्वमा आधारित गीत हो ।’ रेकर्डिङ समयमा गीत गाउँदै गर्दा आमाप्रतिको वेदना सद्भावलाई प्रस्तुत गरिरहँदा आँशु झरेको बस्यालले बताए

गीतको म्यूजिक भिडियोमा भने कलाकार नवराज थापा, बालकलाकार खिमु मुखिया, माधव खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई निर्देशन भने मधुर बस्नेतले गरेका हुन् । शम्भु चालिसेको छायाँकन रहेको गीतमा रविन विकको सम्पादन छ । कार्यक्रममा साहित्यकार लक्ष्मण थापा, संगीतकार नवराज बराल लगायतले बोलेका थिए ।

Related News

सम्बन्धित समाचार

  • बंगलादेशमा घन्कियो रेशम फिरिरी …

    आदर्श समाज सम्वाददाता चैत्र ५, २०७९
    पोखरा ।  बंगलादेश–नेपालको कुटनीतिक सम्बन्ध स्थापनाको सन्दर्भमा नेपाली कला प्रदर्शनी तथा सांस्कृतिक कार्यक्रम भएको छ । फागुन ३० देखि चैत…
  • ‍‍‍‍‍‌‌‌… अनि दुर्गा बराल बने वात्स्यायन‍‍‍

    रूपनारायण ढकाल चैत्र ४, २०७९
    पोखरा ।  नेपाली चित्रकलाजगत्का शीर्षस्थ प्रतिभा कलाकार दुर्गा बराल ‘वात्स्यायन’ आजदेखि ८१ वर्षमा प्रवेश गरेका छन् । चित्रकलाका यीनै हस्ती…
  • वात्स्यायनको अभिनन्दन तथा रथारोहण

    आदर्श समाज सम्वाददाता चैत्र ४, २०७९
    पोखरा । कलाकार दुर्गा बराल ‘वात्स्यायन’ को पोखरामा शनिबार नागरिक अभिनन्दन तथा रथारोहण भएको छ ।  पोखरेली कलाकार वात्स्यायनको सम्मानमा …
  • देवुको ‘अव्यक्त पीडा’ र ‘दोषी नजर’ लोकार्पण

    आदर्श समाज सम्वाददाता फागुन २७, २०७९
    पोखरा । साहित्यकार देवेन्द्र केसी ‘देवु’ को अव्यक्त पीडा (मुक्तक संग्रह) र दोषी नजर (गीति एल्बम) शुक्रबार लोकार्पण भयो ।…
  • रत्नमानको ३ भाषाको पुस्तक

    आदर्श समाज सम्वाददाता फागुन २१, २०७९
    पोखरा । शिक्षासेवी रत्नमान गुरुङले नेपाली, अग्रेजी र गुरुङ भाषासम्बन्धी पुस्तक बजारमा ल्याएका छन् । उनको पहिलो कृति ‘भाषा, व्याकरण…

hero news full width