पोखरा, ३ असोज। समृवद्धि बचत तथा ऋण सहकारी संस्था लि., पोखरा ८, सृजनाचोकको ११ औं वाषिर्क साधारणसभा सम्पन्न भएको छ।
प्रमुख अतिथि पोखरा १७ का वडाध्यक्ष तीर्थराज अधिकारीले साधारणसभा उद्घाटन गर्दै परिवर्तित सहकारी नीति अनुरुप सहकारी र महानगरपालिका मिलेर पर्यटनको क्षेत्रमा सँगै काम गर्न सकिने बताए । उनले ठूला परियोजना संचालन गर्न सकिने सम्भावनाहरु रहेको र यसका लागि सहकारी क्षेत्रलाई आहृवान समेत गरे। सहकारीमा सदस्यको सक्रियता र कारोबारबाटै थप प्रतिफल लिन र दिन सकिने भएकाले सहकारी मार्फत उत्पादनमूलक क्षेत्र र उद्योगहरुमा लगानी गर्न पनि उनले सुझाव दिए । पोखरा २९ का वडाध्यक्ष चेतबहादुर गुरुङ, श्रीपति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रामजीप्रसाद कोइराला, सहकारीका संस्थापक सचिव खड्क हमाल, सेयर सदस्य सावित्रा पौडेल, शालिकराम शर्मा र सल्लाहकार संयोजक इश्वरप्रसाद सुवेदीले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
उक्त अवसरमा अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले आव २०७४/०७५ को वाषिर्क प्रतिवेदन र आव २०७५।०७६ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । कोषाध्यक्ष मुक्तिनाथ चालिसेले गत आवको आर्थिक प्रतिवेदन र आगामी वर्षको प्रस्तावित बजेट प्रस्तुत गरेका थिए। त्यसैगरी लेखासमिति संयोजक शोभाकान्त न्यौपानेले गत आवको लेखापरीवेक्षण प्रतिवेदन पेश गरेका थिए।
कार्यक्रममा उत्कृष्ट सेयर सदस्यका रुपमा लवकुमार थापा, दुर्गाकुमारी ढकाल र पूर्व कर्मचारी शारदा तिमिल्सिना, स्नातकोत्तर उत्तीर्ण सेयर सदस्य रामजीप्रसाद कोइराला र ८४ वषर्ीय जेष्ठ नागरिक शारदादत्त घिमिरेलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो।
अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष गजेन्द्रमान श्रेष्ठले स्वागत, सदस्य कृष्णा श्रेष्ठबाट सात सिद्धान्त वाचन र कार्यक्रम संचालन सचिव विष्णुप्रसाद सुवेदीले गरेका थिए।
समवृद्धि सहकारीमा हाल ३ सय १४ जना सेयर सदस्य छन् । जसको कार्यक्षेत्र पोखरा ५, ६, ७, ८ र १७ रहेको छ । संस्थाबाट करिब ५ करोड रुपैयाँभन्दा बढी ऋण लगानी भैसकेको अध्यक्ष लक्ष्मणप्रसाद कोइरालाले बताए ।
Related News
सम्बन्धित समाचार
नेफ्स्कुन स्थापना दिवसमा अन्तक्रिया
लेखनाथमा सेयरसम्बन्धी तालिम
अग्नि ग्रुपको टु एस सर्भिस सेन्टर
सहकारी बैंकको वार्षिक समीक्षा
पोउवा संघको अध्यक्षमा पोखरेलको घोषणा
hero news full width
मुख्य समाचार
‘झरी’ गीतका प्रिय रचनाकार डब्बु क्षत्री
नागरिक विधेयक प्रक्रियामा
भाद्र २, २०७९माओवादी केन्द्रसँग एकता गर्ने एकीकृत समाजवादीको निर्णय
भाद्र १, २०७९मुग्लिन–पोखरा सडक विस्तार : पहिलो वर्षनै प्रगति न्यून
भाद्र १, २०७९गण्डकी सरकारको कार्यशैलीप्रति नागरिक समाज आन्दोलित
भाद्र १, २०७९गुणस्तरीय शिक्षामा सबैको पहुँच आवश्यक : राष्ट्रपति
भाद्र १, २०७९