पोखरा, ३० भदौ । आदर्श समाज राष्ट्रिय दैनिकका सहसम्पादक बिजय नेपाल सहारा खेलकुद पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् ।
सहारा क्लब पोखराद्धारा स्थापित उक्त पुरस्कार क्लबको २० औ वाषिर्कोत्सव तथा साधारणसभाको अवसरमा शनिबार पोखरामा डेढ दशकदेखि पत्रकातारिमा क्रियाशील पत्रकार नेपाललाई अर्पण गरिएको हो ।
पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, क्लबका पुर्व अध्यक्ष विक्रम थकाली, प्रतिभा छनौट समितिका संयोजक नारायण कार्की, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, क्लबका अध्यक्ष केशवबहादुर थापालगायतले पत्रकार नेपाललाई ताम्रपत्र, दोसल्ला, मायाको चिनोको साथमा फूलमाला तथा अबीर लगाएर सम्मान गरेका हुन् ।
पुरस्कारको राशि १५ हजार ५ सय ५५ रुपैयाँ छ । पुरस्कृत पत्रकार नेपालले पुरस्कारले थप हौसला प्रदान गरेको बताउँदै राज्यले खेल क्षेत्रमा प्रशस्त लगानी गर्नुपर्ने बताए ।
नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन् । पोखरालाई कर्मथलो बनाई २०६० सालबाट सञ्चार दर्पण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा संवाददाता र आदर्श समाज दैनिकका सह-सम्पादकसमेत हुन् । उनले यसअघि रेडियो बाराही, रासस, समाधान, हटलाइन, राइजिङ पोखरालगायतका पत्रिकाहरुमा काम गर्नुका साथै विभिन्न पुरस्कारबाट सम्मानीत भइसकेका छन् ।
उक्तअवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कविता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उपप्रमुख मन्जुदेवी गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फूलमाला तथा अबीर लगायर सम्मान गरेका हुन्।
नेपाल खेलकुद पत्रकार मंच कास्कीका कोषाध्यक्ष समेत रहेका नेपाल पाल्पा पालुङ मैनादीमा जन्मिएका हुन ।
पोखरालाई लाई कर्मथलो बनाई २०६० साल बाट सञ्चार दर्पण पत्रिकाबाट पत्रकारिता सुरु गरेका नेपाल हाल राजधानी दैनिकको पोखरा सम्वाददाता र आदर्श समाज दैनिकका सहसम्पादक समेत हुन ।
उक्त अवसरमा क्लबले उत्कृष्ट सदस्यबाट यस बर्ष कबिता अधिकारीलाई सहारा उत्कृष्ट सदस्यको रुपमा सम्मान गरेको छ । पोखरा महानगरपालिकाका उप-प्रमुख मञ्जुदेवी गुरुङ, क्लबका संस्थापक अध्यक्ष बसन्त थकाली, लगायले सम्मानपत्रको साथमा दोसल्ला, फुल माला तथा अविर लगायर सम्मान गरेका हुन।
सहारा क्लबले २०६३ सालबाट सुरु गरेको उक्त पुरस्कार क्लबको वाषिर्कोत्सवका अवसरमा हालसम्म १२ जना पत्रकार सम्मानित भइसकेको प्रतिभा छनौट समितिका संयोजक कार्कीले बताए ।
खेलकुद पत्रकारितालाई प्रथामिकता दिएर समाचार प्रकाशन एवं प्रशारणमा योगदान पुर्याउने एक जना खेल पत्रकारलाई क्लबले हरेक बर्ष आफ्नो बाषिर्कोत्सवमा सम्मान गर्दै आएको छ ।
उक्त पुरस्कारबाट यसअघि, कुलचन्द्र न्यौपाने, धन बस्नेत, विनोद लामिछाने, राम गुरुङ, प्रेमनारायण न्यौपाने, दीननाथ बराल, प्रदिप पौडेल, एकराज गिरी, सागरराज तिमिल्सिना, कृष्णमणि बराल, एमबी आस्था र सुरज श्रेष्ठ सम्मानित भइसकेका छन् ।
कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका उप-प्रमुख मञ्जुदेवि गुरुङले क्लबले खेलकुद र सामाजिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै आगामी दिनमा क्लबले आयोजना गर्ने शिक्षा र खेलकुदका कुनैपनि कार्यक्रममा महानगरपालिकाले हातेमालो गरेर जाने प्रतिबद्धता जनाइन् ।
संस्थापक अध्यक्ष बसन्त थकाली, क्लबका महासचिव विश्वराज बराल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यमबहादुर गुरुङ, नेपाल खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकलगायतले बोलेका थिए ।
Related News
सम्बन्धित समाचार
रेबान भेट्रान्स कपमा नवीनलाई उपाधि, डबल्सतर्फ अनुज र नवीन विजयी
रेबान कप टेनिस फाइनल आज
रेवान कप टेनिस सुरु
नेपालद्वारा एकदिवसीय मान्यता सुरक्षित
अन्नपूर्ण १० लाई अध्यक्ष कप
hero news full width
मुख्य समाचार
वैदेशिक क्षेत्रका श्रमिक भोलिदेखि सामाजिक सुरक्षामा समेटिँदै
गोलाप्रथाबाट नवलपुरका अमृत भट्टचन छानिए उद्योग वाणिज्य महासंघ गण्डकीको अध्यक्ष
चैत्र ७, २०७९गण्डकीमा माओवादीले माग्यो मुख्यमन्त्री
चैत्र ७, २०७९‘रेक्स्यु गर्न मुख्यमन्त्रीमात्र जाने हो? प्रहरी पठाउन पाइँदैन’
चैत्र ७, २०७९प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत, पक्षमा १७२ सांसद
चैत्र ६, २०७९रासायनिक मलमा दिँदै आएको अनुदान यथावत राख्ने सरकारको निर्णय
चैत्र ६, २०७९