फुटसल उपाधि पोखरा टेक्निसियनलाई

आदर्श समाज सम्वाददाता
भाद्र ३१, २०७५

पोखरा, ३० भदौ।पोखरा इलेक्टोनिक्स व्यवसायी संघले शनिबार आयोजना गरेको कास्कीका मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायीबीचको फुटसल प्रतियोगिता पोखरा टेक्निसियनको टिमले उपाधि हासिल गरेको छ।

जम्मा ११ समूह सहभागी भएको उक्त प्रतियोगितामा पोखरा मोबाइल टावर उपविजेता हुन सफल भयो। विजेता र उपविजेताले क्रमशः २५ हजार र १५ हजार प्राप्त गरे।

प्रतियोगितामा राजेश गुरुङ, म्यान अफ द सिरिज र वासु शेर्पा हाइ स्कोरर हुन सफल भए। उनीहरुलाई जनही २ हजार प्रदान गरियो ।

यसैगरी, उत्कृष्ट गोलकिपर भने बेल गुरुङ घोषित भएर मोबाइल हात पार्न सफल भए। कार्यक्रमको सांसद बिन्दुकुमार थापाले उद्घाटन गर्दै व्यवसायीबीच हुने यस प्रतियोगिताले आपसी मेलमिलाप र  भाइचारा मजबुत हुने धारणा व्यक्त गरे।

संघका अध्यक्ष उदय केसी ‘लाहुरेबा’को अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन नवीन बरालले गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • हेमजा गोल्डकपबाट १० लाख बचत

    आदर्श समाज सम्वाददाता श्रावण २१, २०७९
    हेमजा । छैटौं नेपाल आइस अन्तर्राष्ट्रिय हेमजा गोल्डकपमा १० लाख बचत भएको छ । आयोजक हेमजा युनाइटेडले शुक्रबार सार्वजनिक सुनुवाइ…
  • राष्ट्रिय खेलकुदका सबै खेल गण्डकीमै

    आदर्श समाज सम्वाददाता श्रावण १९, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुदका सबै खेल अन्ततः गण्डकीमै हुने भएका छन् । राखेप सदस्यसचिव टंकलाल घिसिङले प्रतियोगिताका सबै खेल…
  • नयाँ जीवनका लागि टेबलटेनिस

    आदर्श समाज सम्वाददाता श्रावण १४, २०७९
    पोखरा । लागुपदार्थ दुव्यर्सनमा परी उपचार्थ पुनस्र्थापना केन्द्रमा रहेका महिला तथा पुरुष सेवार्थीका लागि नौलो घुम्ती नेपालले ‘पुनर्जीवनको लागि टेबलटेनिस…
  • नवौंका सबै खेल गण्डकीमा गर्न माग

    आदर्श समाज सम्वाददाता श्रावण ११, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकु्द प्रतियोगिताका सबै खेल गण्डकी प्रदेशमै गर्नुपर्ने प्रदेशवासीको माग छ । प्रतियोगिताका लागि गठित खेलस्थल व्यवस्थापन…
  • नवौं राष्ट्रिय खेलकुदको तयारी

    आदर्श समाज सम्वाददाता श्रावण १०, २०७९
    पोखरा । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश खेलकुद परिषद् गण्डकीले आन्तरिक तयारी सुरु गरेको छ । परिषदको सोमबारको पूर्ण…

hero news full width